भारतमा रेल दुर्घटना हुँदा ज्यान गुमाएका ७ नेपालीको सनाखत, थप ४ जना घाइते
काठमाडौं । भारतम भएको रेल दुर्घटनामा परेर ज्यान गुमाउने १२ जनामध्ये ७ जना नेपाली नागरिक भएको खुलेको छ । माघ ९ गते भएको उक्त रेल दुर्घटनामा परेर ज्यान गुमाएका ७ जना नेपाली भएको र उनीहरुको सनाखत भएको पपराष्ट्र मन्त्रालयले जनाएको छ ।
मृतकहरूमा अछामका २, अछामका ४ र बाँकेका १ जना छन् । दुर्घटनामा घाइते ४ नेपालीमध्ये ३ जनाको स्थानीय अस्पताल र बाँकी १ को गोदावरी अस्पताल जलगाउँमा उपचार भइरहेको परराष्ट्रले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार रेल दुर्घटनामा परेर कैलालीकी कमला नवीन भण्डारी, कैलालीकै लछिराम पासी तथा अछामका हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा जोक्ला उर्फ कला कामी तथा बाँकेका राधेश्याम राध रहेका छन् ।
मृतकहरुको शव ल्याउन र घाइतेहरूको उपचारका लागि नयाँदिल्लीस्थित नेपाली दूतावास र काठमाडौंमा रहेको भारतीय दूतावाससँग समन्वय भइरहेको बताइएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा ७ नेपालीसहित १३ जनाको मृत्यु भएको हो। यो रेल दुर्घटना बुधबार साँझ भएको हो।
१२५३३ नम्बरको पुष्पक एक्सप्रेस रेल लखनऊबाट मुम्बई जाँदै थियो। यस क्रममा उक्त रेल पाचोरा स्टेसननजिकै महेजी र पार्धाडेबीच ट्र्याकमा दुर्घटना भएको हो ।

सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
