चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मिथिला लघुवित्तकाे ३ करोड ७४ लाख खुद नाफा
काठमाडौं । मिथिला लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससमा ३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कामएको छ। यो नाफा गत वर्षको भन्दा १८१.२९ प्रतिशतले धेरै हो । गत वर्षको यसैअवधिमा कम्पनीले करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी ६७.१६ प्रतिशतले बढेर ९ करोड ३२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा मिथिलाले ५ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफामा पनि वृद्धि भएको हो ।
हाल मिथिला लघुवित्तको चुक्ता पुँजी १९ करोड ६० लाख २ हजार रुपैयाँ र जगेडा कोषमा १९ करोड ४७ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ २४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १९९.३८ रुपैयाँ छ ।
यसको सञ्चालन नाफा ३६६.६६ प्रतिशतले बढेर ५ करोड २३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसले १ करोड १२ लाख रुपैयाँ सञ्चालन नाफा गरेका थियो । यसको खराब कर्जा भने बढेर ४.४७ प्रतिशतबाट बढेर ४.८५ प्रतिशत पुगेको छ ।
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
