सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सेयरधनीलाईं दिंदैछ लाभांश
काठमाडौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले साधारण सभा डाकेको छ । कम्पनीको चैत ८ गते वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले सभामा गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यस्तै, कम्पनीको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।
बोनस सेयर वितरण भएपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । यसैगरी, कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान परिवर्तन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गर्ने लगायत प्रस्तावहरु पनि सभामा पेश हुनेछ ।
सभा प्रयोजनका लागि यसले फागुन २६ गते बुक क्लोज गरिसकेको छ । फागुन २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा अनमोल बेंक्वेट, शंखमुल काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ ।
सम्बन्धित समाचार
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
