राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन : नाडा र सामाजिक सुरक्षा कोषविच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं । काठमाडौमा ५ औं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आरम्भ भएको छ । श्रम, रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालयको उत्पादकत्व अभिबृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन भन्ने नाराका साथ सो सम्मेलन २७ गते देखि प्रारम्भ भएको हो ।
राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको दोश्रो दिन नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपाल र सामाजिक सुरक्षा कोषबिच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा काठमाडौँमा सुरू भएको पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा उक्त सम्झौता सम्पन्न भएको हो।
समझदारी अनुसार नाडाले आफ्ना सदस्य संघसंस्था र प्रतिष्ठानहरूलाई श्रम ऐन २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ अनुरूप सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनेछ। यसका साथै, कोषले सामाजिक सुरक्षा योजनाहरूको प्रचारप्रसारका लागि नाडासँग सहकार्य गर्दै आवश्यक सचेतना कार्यक्रम सञ्चालन गर्नेछ।
समझदारी पत्रमा नाडाका अध्यक्ष करण चौधरी र सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरेका छन्। यस सम्झौताले नाडा र सामाजिक सुरक्षा कोषबिचको सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
समझदारी अनुसार नाडाले अब प्रदेशस्तरमा सञ्चालन गर्ने भन्सार, भ्याट तथा भिसिटिएस सम्बन्धी प्रशिक्षण कार्यक्रममा सामाजिक सुरक्षा कोषबाट प्रशिक्षक उपलब्ध गराउने व्यवस्था मिलाउनेछ। हस्ताक्षर समारोहमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक, कतिपर्छ मुल्य ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


