• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३० बैशाख २०८३, बुधबार
३० बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ६ घण्टा 

एसइईको ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि : परीक्षा तालिका सार्वजनिक
  • ६ घण्टा 

२०८३ वैशाख ३१ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २२ घण्टा 

काठमाडौँ महानगरले कक्षा ११–१२ छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलायो
  • १ दिन 

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श
  • २ दिन 

नेपाली बजारमा एमजी एस६ ईभी सार्वजनिक, कतिपर्छ मुल्य ?
  • २ दिन 

जेएसडब्लुएमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनसँग साझेदारी विस्तार
  • २ दिन 

मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक
  • २ दिन 

लोकप्रिय समाचार

  • १. नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन

  • २. घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ३. बजार अनुगमनमा तीन फर्म कारबाहीमा, ७५ हजार रुपैयाँ जरिवाना

  • ४. आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु

  • ५. देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६. ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ७. विभिन्न स्थानमा पहिरो, कतै यातायात ठप्प त कतै एकतर्फी सञ्चालनमा

  • ८. वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा

  • ९. काठमाडौँ महानगरले कक्षा ११–१२ छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलायो

  • १०. आजदेखि सुदन किराती श्रम संस्कृति पार्टीका वरिष्ठ नेता

कोरियावाट ८.७० अर्बको आयात हुदाँ नेपालवाट ३३.५० कराेडकाे मात्र निर्यात

जानकारी केन्द्र २०८१, चैत्र, ४

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग कोरियाली लगानी मूल्याङ्कन टोलीले भेटघाट गरेको छ । भेटका क्रममा मन्त्री भण्डारीले नेपालमा लगानीको उपयुक्त वातावरण बनेकाले लगानी गरेर रोजगारको सृजनासहित मुनाफा आर्जन गर्न आग्रह गरेका थिए ।

उनले नेपाल र गणतन्त्र कोरियाबिचको सम्बन्ध पछिल्ला वर्षहरूमा थप प्रगाढ र सुमधुर बन्दै गएको बताए । “सन् १९७४ मा नेपाल र गणतन्त्र कोरियाबिच कूटनैतिक सम्बन्ध स्थापना भएयता दुई देशबिचको सम्बन्ध धेरै घनिष्ठ एवम् मैत्रीपूर्ण रूपमा अगाडि बढिरहेको छ । हाम्रा दुई देशबिच एवम् जनस्तरमा मित्रता, समझदारी र आपसी सहयोगको निरन्तर अभिवृद्धि भइरहेको छ,” उनले भने, “नेपालको सामाजिक तथा आर्थिक विकासका लागि कोरिया महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहेको छ । नेपालमा कृषि, उद्योग, पर्यटन, निर्यात प्रवद्र्धन र जलविद्युत विकासको लागि कोरियन अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहन्छौँ ।”

कोरियाली कम्पनीहरू स्यामसङ इलेकट्रोनिक्स र हुन्डाई मोटर्सले नेपालमा एसेम्बलिङ्ग प्लान्ट स्थापना गरी क्रमशः टिभी सेट र कार उत्पादन गरिरहेको स्मरण गरेका छन । उद्योग र व्यापारका क्षेत्रमा समेत नेपाल र कोरियाबिचको सम्बन्ध बढ्दै गएको उनको भनाइ थियो ।

मन्त्री भण्डारीले कोरिया नेपालमा वैदेशिक लगानीको एक प्रमुख स्रोत मुलुक रहेको बताए । “गत वर्षको व्यापार तथ्याङ्क हेर्दा कोरियाबाट नेपालमा करिब ८ अर्ब ७० करोडको वस्तु आयात भएको देखिन्छ भने नेपालबाट कोरियामा करिब ३३ करोड ५० लाखको मात्र निर्यात भएको छ । यसले कोरियासँग नेपालको व्यापार असन्तुलन रहेको देखाउनुका साथै आगामी समयमा दुई देशबिच थप सहकार्यको अवसर सृजना गरेको छ,” उनले भने ।

नेपाल र दक्षिण कोरियाबिच कूटनीतिक सम्बन्धको ५० औँ वार्षिकोत्सवको अवसरमा डिसेम्बर २०२४ मा द्विपक्षीय व्यापार तथा लगानीलाई अभिवृद्धि गर्न व्यापार तथा लगानी प्रवद्र्धन फ्रेम वर्क स्थापना गर्ने सम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर गरिएको छ, जुन एक ऐतिहासिक सम्झौता भएको मन्त्री भण्डारीको दावी रहेको छ ।

मन्त्री भण्डारीले वर्तमान सरकार विदेशी लगानीकर्ताहरूको लागि नीतिगत स्थिरता र सुरक्षा प्रदान गर्न समर्पित रहेको बताए । वैदेशिक व्यवसायको वृद्धिलाई समर्थन गर्ने स्थिर नीतिगत ढाँचा कायम राख्न प्रतिबद्ध रहेको उनको भनाइ छ । कोरियाली व्यवसायहरूलाई नेपालमा लगानी साझेदारी अन्वेषण गर्न आमन्त्रण गर्नुभयो । उहाँले जलविद्युत, उत्पादन र पर्यटन जस्ता क्षेत्रहरूमा सहकार्यको अपार सम्भावना रहेको उनले बताए ।

कोरियाली प्रतिनिधिमण्डलले नेपालमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अहिलेलाई कोसी प्रदेशमा कृषि क्रान्तिबाट सुरु गरेर प्रविधिमा समेत निपुण बनाउने प्रतिबद्धता व्यक्त गरे । प्रतिनिधिमण्डलमा १ कोरियाका विभिन्न क्षेत्रका १ दर्जन बढी व्यक्तिहरू सहभागी थिए।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
एसइईको ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि : परीक्षा तालिका सार्वजनिक
काठमाडौँ महानगरले कक्षा ११–१२ छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलायो

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

एसइईको ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि : परीक्षा तालिका सार्वजनिक

२०८३ वैशाख ३१ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

काठमाडौँ महानगरले कक्षा ११–१२ छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलायो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.