अल्ट्राभोइलेट राइड नगरकोटमा आयोजना हुँदै
जानकारी केन्द्र
२०८२, बैशाख, ३०
काठमाडौं । काठमाडौंदेखि नगरकोटसम्म हुने ‘अल्ट्राभोइलेट राइड’ जेष्ठ ३ गते (शनिबार) आयोजना हुँदैछ। केडिया अर्गनाइजेसनका बिजनेस हेड नवराज कोइरालाका अनुसार राइड काठमाडौंको नक्सालस्थित शोरुमबाट सुरू भई माइतीघर-नयाँ बानेश्वोर-भक्तपुर हुँदै नगरकोटमा पुगेर समापन हुनेछ।
उक्त राइडमा अल्ट्राभोइलेटसँगै २०० सीसी माथिका अन्य कम्पनीका बाइक राइडरहरू सहभागी हुने कोइरालाले जानकारी दिए। अफरोड र अनरोड दुवैको अनुभव दिलाउनका लागि यो राइड आयोजना गरिएको उनले बताए।
राइडका लागि आवश्यक पर्ने बाइक र पेट्रोलको खर्च सहभागी राइडरहरूले आफैं व्यवस्था गर्नुपर्नेछ भने अन्य खर्च कम्पनीले व्यहोर्ने कोइरालाले स्पष्ट पारे।
यस कार्यक्रममा सहभागी हुन फारम https://forms.gle/PN1JpGctuArKSWb29 भर्नु पर्ने हुन्छ। थप जानकारीको लागि ९८०२३५६३१० मा सम्पर्क गर्न आवहान गरिएको छ।
सम्बन्धित समाचार
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री