३० माघ २०८२, बिहीबार
  • समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media

थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको ईभी प्लान्ट : चांगानको कुल उत्पादन दुई करोड ८६ हजार युनिट

काठमाडौं । चीनको पहिलो कार निर्माता ग्रुप चांगान अटोमोबाइलले थाइल्यान्डको रायोंगमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय न्यु इनर्जी भेहिकल (एनईभी) प्लान्टबाट औपचारिक रुपमा कार निर्माण सुरु गरेको छ ।

आफ्नो महत्वपूर्ण नीति ‘भास्ट ओसियन प्लान’ अन्तर्गतको यो महत्वपूर्ण कोशेढुंगाले चांगानको अबको प्राथमिकता चिनियाँ भूमिबाट कार निर्यात नभई देशबाहिरै पूर्ण रुपको ‘इन्डस्ट्रियल इकोसिस्टम’ निर्माण गर्न अग्रसर भएको देखाउँछ । रायोंग प्लान्टमा अत्याधुनिक उत्पादन, रिसर्च एन्ड डेभलपमेन्ट र दीर्घकालिन सप्लाई चेन रहेको छ जहाँबाट चांगानको ग्रिन र स्मार्ट कारको उत्पादनमात्र नभई विश्वव्यापी अपरेसन पनि हुनेछ ।

चांगानको पहिलो अन्तर्राष्ट्रिय इभी हबमा उत्पादन भएका कारको विक्रीवितरण दक्षिणपूर्व एसिया, मध्यपूर्व र अफ्रिका, मध्य र दक्षिण अमेरिका र युराएसिया बजारमा हुनेछ । यो प्लान्टको क्षमता हाललाई वार्षिक एक लाख युनिट रहेको छ भने सन् २०२७ सम्ममा वार्षिक दुई लाख युनिट पुर्याइनेछ ।

सन् २०२३ मा थाइल्यान्डमा चांगान ब्रान्ड सार्वजनिक भएपछि हालसम्म १४ हजार युनिट विक्री भइसकेको जनाइएको छ । राइट ह्यान्ड ड्राइभ दिपल एस०५ रोल आउट गर्दै चांगानको नयाँ प्लान्टको उद्घाटन भएको हो । यो मोडल केही समयमै नेपालमा सार्वजनिक हुँदैछ । योसँगै चांगानको कुल उत्पादन दुई करोड ८५ लाख ९० हजार युनिट पुगेको छ ।

तीन लाख ९२ हजार वर्ग मिटरमा फैलिएको रायोंग प्लान्टमा वेल्डिंग, पेन्टिंग, एसेम्ब्ली, इन्जिन र ब्याट्री प्रडक्सन गरी पाँच वर्कसप रहेका छन् । यसको वातावरणमैत्री डिजाइनले डे–लाइट, सौर्य उर्जा र पानीको पुनःप्रयोग गर्छ । अत्याधुनिक अटोमेसन र एडाप्टिभ सिस्टमले विश्व बजारको माग अनुसारको उच्च गुणस्तरको उत्पादन प्रत्याभुत गर्ने कम्पनीको भनाई छ । यो प्लान्टबाट चांगान, दिपल र अवतार ब्रान्डका इभी उत्पादन हुनेछ ।

चांगानको विश्व नीति हालको ट्रेन्डहरु दीर्घकालिनता (सस्टेनेबिलिटी) र स्थानीयकरण (लोकलाइजेसन)मा आधारित छ । दुई वर्षअघि थाइल्यान्डमा सार्वजनिक भएपछि चांगानले निकै लोकप्रिय दिपल एस०७ र अवतार११ समेत गरी सात वटा मोडल लन्च गरिसकेको छ ।

चांगानका अध्यक्ष जु हुरोंगले विश्व चुनौतीका बाबजुत स्थानीय इकोसिस्टम बनाउनेमा प्लान्टको महत्वपूर्ण भूमिका हुने बताए । रायोंग प्लान्टले चांगानको अन्तर्राष्ट्रिय ‘न्यु इनर्जी भेहिकल हब’को काम गर्नेछ । थाई समन्वय र चिनियाँ विशेषज्ञताको सम्मीश्रणमार्फत चांगानले आर्थिक वृद्धि र विश्व अटो बजारलाई अघि बढाउने लक्ष्य लिएको  बताइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
निर्वाचन आयोगसँगको सहकार्यमा टिकटकले सुरु गर्यो इन-एप इलेक्सन सेन्टर
पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै एक्स ७ प्रो, एफ ७ र एफ ८ प्रो सार्वजनिक

लोकप्रिय

२०८२ माघ २७ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ माघ २८ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

कस्तो छ आजको मौसम पूर्वानुमान ?

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

निर्वाचन आयोगसँगको सहकार्यमा टिकटकले सुरु गर्यो इन-एप इलेक्सन सेन्टर

२०८२ फागुन ०१ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • निर्वाचन आयोगसँगको सहकार्यमा टिकटकले सुरु गर्यो इन-एप इलेक्सन सेन्टर
  • २०८२ फागुन ०१ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल
  • चैत्र १ देखि प्याब्सनको कक्षा–१२ प्रि–बोर्ड परीक्षा हुने

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.