Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, भाद्र, २१
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन

जनकपुरधाम। देशकै प्रमुख मानिएका धान खेतीको ठूलो खेतीयोग्य भूभाग अझै आकाशे पानीको भरमा भइरहेको रहेको पाइएको छ । सिँचाइ सुविधा आभावले धान उत्पादनमा निकै कमी रहेको सरोकारवाला निकायले ठहर छ ।

प्रदेशका आठ जिल्लामा धान खेती हुँदै आए पनि खेती गरिएको क्षेत्रफलको आधाभन्दा कम भागमा मात्रै सिँचाइ सुविधा पुगेको सरकारी तथ्यांकले देखाएको छ ।

प्रदेश सरकारका भूमिव्यवस्था, कृषि तथा सहकरी मन्त्रालयद्वारा प्रकाशित कृषि दर्पणको विवरण अनुसार प्रदेशमा खेती गरिएको कुल क्षेत्रफलमध्ये मात्रै ४९ दशमलव ४४ प्रतिशत क्षेत्रमा सरकारले सिचाईको व्यवस्थापन गर्न सकेका छन् । बाँकी आधाभन्दा बढी धान खेती आकाशे पानी वर्षामा निर्भर रहेको अवस्था छ ।

धान रोपाइँको समयमा पर्याप्त वर्षा नहुँदा किसानले समयमै रोपाइँ गर्न नसक्ने र उत्पादनमा समेत प्रत्यक्ष असर पर्दै आएको छ । मूलतः धान रोपाईकै बैला बेर्नादेखि रोपाईसम्म पानीको आभाव रहने गरेको छ । गत केही वर्ष यतादेखि मधेश प्रदेशमा खडेरीको अवस्थाले प्रदेश सरकार सुक्खाग्रस्त क्षेत्रको रुपमा घोषणा गर्दै आएको छ ।

प्रदेशका जिल्लामध्ये सिँचाइको अवस्था समान छैन । सबभन्दा बढी सर्लाहीमा खेती गरिएको क्षेत्रफलको करिब ७२ दशमलव ६८ प्रतिशत सिञ्चित छन भने पर्सामा ६१ दशमलव २१ प्रतिशत क्षेत्रफलमा मात्र सिचाई सुविधा रहेको विवरणमा उल्लेख छ ।

यसैगरी  बारामा ५० प्रतिशत, रौतहटमा ४८ दशमलव ९१ प्रतिशत, धनुषामा ५१ प्रतिशत, महोत्तरीमा ३२ दशमलव ५४ प्रतिशत, सिरहामा करिब ३९ दशमलव ७८ प्रतिशत र सप्तरीमा करिब ३४ प्रतिशत क्षेत्र मात्रै सिँचाइको पहुँचमा छ ।

यसले मधेसमा कृषि उत्पादन बढाउने सरकारी दाबी र खेतसम्म पुगेको सिँचाइ सुविधाबीच ठूलो अन्तर रहेको देखाउँछ । खासगरी महोत्तरी र सप्तरीमा खेतीयोग्य जमिनको ठूलो हिस्सा अझै सिँचाइ सुविधाबाट वञ्चित छन् । किसानले वर्षाको भरमा धान खेती गर्नुपर्ने बाध्यता रहँदा अनियमित मनसुनको प्रत्यक्ष जोखिम किसानहरुमाथि परिरहेको देखिन्छ ।

धान उत्पादनका लागि महत्वपूर्ण मानिएका मधेस प्रदेशमा धानबालीले प्रदेशको कृषि उत्पादनमा ठूलो हिस्सा ओगटेको छ । उपलब्ध विवरण अनुसार प्रदेशको कुल खेतीयोग्य जग्गा ५ लाख ६७ हजार ५६५ हेक्टर मध्ये ३ लाख ७४ हजार ११७ हेक्टर क्षेत्रमा धान खेती भइरहेको छ ।

तर सिचाई तथा मलखाद्यको आभावले उत्पादकत्व निकै कम रहेको छ । मन्त्रालयद्वारा प्रकाशित सो विवरण अनुसार चैते र वर्षे गरी प्रति हेक्टर ३.९६ प्रतिशत मेट्रिक टनले उत्पादकत्व रहेको छ । प्रदेशमा गत १४ लाख ८० हजार ८३० मेट्रिक टनको दरले धान उत्पादन भइरहेको छ । आर्थिक वर्ष ०८१/८२ मा १५ लाख २ हजार ५८ मेट्रिक टन र ०८०/८१ मा १२ लाख ९६ हजार ६०७ मेट्रिक टन धान उत्पादन भएको थियो ।

देशलाई करीब ७२ लाख मेट्रिक टन धान आवश्यकता रहेकोमा औसतन ६० लाख मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । १२ लाख मेट्रिक टनको हाराहारीमा धान भारतबाट खरीद गर्नुपर्ने अवस्था रहेको छ ।

धान उत्पादनको राम्रो अवसर भएपनि सिचाई र मलखाद्यमा सरकारी निरिहताले उत्पादनमा वर्षेणी ह्रास आइरहेको छ । आधारभूत पूर्वाधार मानिने सिँचाइमा पर्याप्त लगानी हुन नसक्नु कृषि क्षेत्रको गम्भीर कमजोरीका रूपमा देखिएको छ ।

मधेसमा धानसँगै गहुँ, उखु, आँप, केरा, मकै, गोलभेँडा, दलहन र तेलहनलगायतका बालीको समेत उल्लेख्य उत्पादन हुने गरेको तथ्यांकले देखाउँछ । तर कृषि उत्पादनको ठूलो सम्भावना बोकेको प्रदेशमा अझै पनि किसानले सिचाई आभावले मौसमी वर्षाको अनिश्चिततासँग जुधेर खेती गर्नुपर्ने बाध्यता विद्यमान छ ।

धान खेतीका लागि आवश्यक मल, बीउ र सिँचाइको समयमै उपलब्धता सुनिश्चित गर्न नसक्दा किसानको उत्पादन लागत बढ्ने गरेको छ । पर्याप्त सिँचाइ नहुँदा वर्षा ढिलो भए धान रोपाइँ नै प्रभावित हुन्छ भने रोपाइँपछि पानी नपरे उत्पादन घट्ने जोखिम प्रत्येक वर्ष किसानले भोगिरहेका छन् ।

किसानले वर्षेनी धान रोप्ने समयमा मल र सिँचाइका लागि समस्या भोग्दै आएका छन् । तीन तहकै सरकारले सिचाईमा लगानी गरेपनि पर्याप्त देखिदैन छ । संघ र प्रदेशमा सिचाईका लागि छुट्टै मन्त्रालय नै छन्।

प्रदेश सरकारमा त झन उर्जा, सिचाई तथा खानेपानी र भूमिव्यवस्था कृषि तथा सहकारी सहितका दुईरदुईवटा सिचाई मन्त्रालय छन् । प्रत्येक वर्ष डिप ट्यूबेल, नहर कुलो, बोर्डिङ्गमा लगानी पनि गर्दै आएको छ । तर बिना योजना र उचित व्यवस्थापन सोच आभावले ती लगानी खेर गइरहेको छ ।

प्रदेश सरकारले वर्षेणी भूमिगत सिचाईतर्फ १०० भन्दा बढी डिप ट्यूबेल, स्यालो ट्यूबेल र सिचाई आयोजनामा लगानी गर्दै आएको छ । तर पनि सिचाई क्षेत्र विस्तार गर्न सकेको देखिदैन । जसको प्रमुख कारण हो ती योजनामा पर्याप्त लगानी नगर्दा आयोजनाहरु वर्षेणी ६० प्रतिशतभन्दा बढी अधुरै रहदै आएको छ।

Top Changing Nepal

युट्युब सट्स