‘प्रधानमन्त्री ओलीको अभिव्यक्ति आपत्तिजनक’
काठमाडौं, २ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमाथि आपत्ति जनाएको छ । सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर सरकाले एक वर्षमा वुद्धिजीवि, पत्रकार र विपक्षीलाई धम्कीको दिने काम गरेको बताएको हो ।
साथै काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिलाई आपत्तिजनक रहेको ठहर गरेको छ । पत्रकार सम्मेलनमा उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीले केटाकेटीलाई ढुंगा हान्न उक्साएको आरोप समेत लगाए । उनले अघि भने,‘बुढाबुढीको छेउमा गएर नभन्नुहोला, ढुंगा हान्छन् । केटाकेटीले सुन्ने गरी नभन्नुहोला लखेट्छन् भन्नुभयो,’ उपसभापति निधिले भने, ‘प्रधानमन्त्रीको यो अभिव्यक्तिे आपत्तिजनक छ, हामी यसको घोर भत्सना गर्दछौँ ।’
त्यस्तै, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रवक्ता शर्माले बालुवाटारको ललिता निवासको जग्गा काण्डमा मुछिएका सत्तारुढ पार्टीका महासचिव विष्णु पौडेलमाथि प्रधानमन्त्री कस्तो कदम चाल्छन् हर्न बाँकी रहेको टिप्पणी गरे । उनले प्रधानमन्त्री ओलीलाई जिम्मेवार भएर देशको नेतृत्व गर्न आग्रह गरे । उनले भने, ‘अघिल्लो वर्ष जे जस्तो भए पनि नयाँ वर्षमा जिम्मेवार अभिव्यक्ति, जिम्मेवार व्यवहार गर्न प्रधानमन्त्रीलाई हाम्रो आग्रह छ ।’
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
