• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष १३, २०८२
आइतबार, पुष १३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

रास्वपा–बालेनबीच एकता, बालेन प्रधानमन्त्रीको उम्मेदवार, ७ बुँदे सम्झौता सार्वजनिक

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ६. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ७. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ८. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

  • ९. कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

  • १०. सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

स्वास्थ्य बीमा कसरी गर्ने ? के छ सुविधा ?

काठमाडौं । सरकारले थालेको स्वास्थ्य बीमा कार्यक्रम विभिन्न जिल्लामा लागु भएको छ । स्वास्थ्य बीमा कार्यक्रम लागु गरेपछि हाल धेरैले स्वास्थ्य बीमा गर्दै आएका छन् र सरकारको पनि सबै व्यक्तिको स्वास्थ्य बीमा गर्ने लक्ष्य राखेको छ । कतिपय जिल्लामा सुरु भइसकेको भएपनि सबै जिल्लामा भने यहि आर्थिक वर्षभित्र कार्यक्रम पुर्याउने नेपाल सरकारको उद्देश्य छ । 
यसअघि स्वास्थ्य बीमा कार्यक्रम पाँच जिल्लाबाट सुरु भएको थियो । परिचयपत्रको आधारमा बीमा गरिसकेका सदस्यहरुले सरकारले तोकेको अस्पतालबाट ५० हजार रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सकिन्छ । पाँच जनाभन्दा माथिको परिवारको हकमा भने प्रतिव्यक्ति दश हजारका दरले क्षतिपूर्ति दिइने व्यवस्था रहेको छ । पाँच जनाको परिवारले बीमा शुल्कवापत प्रत्येक वर्ष २५ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्छ । अतिरिक्त सदस्यले भने ४२५ रुपैयाँका दरले शुल्क बुझाउनुपर्छ । बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था रहेको छ । सरकारले अति विपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरिबीको रेखा मुनी रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकम बापतको शुल्क तिरिदिने व्यवस्था छ । 

बीमा गरेपछि के सेवा सुविधा पाइन्छ ? 

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सकिन्छ । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सकिन्छ । तर, व्यक्तिगत झै–झगडाका कारण चोटपटक लागेमा, लागु तथा मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोटपटक लागेमा, गर्भपतन गरेमा, कस्मेटिक सर्जरी गरेमा भने यो सेवा पाइँदैन । 

के हो स्वास्थ्य बीमा ?

विश्वमा यो बीमाको विकास धेरै अगाडिदेखि भएपनि नेपालमा भने २०४० सालतिरबाट मात्रै स्वास्थ्य बीमा सुरु भएको हो । सुरुमा संस्थागत स्वास्थ्य बीमा गरिन्थ्यो । स्वास्थ्य बीमा गरेपछि विरामी पर्दा वा चोट–पटक लाग्दा उपचार खर्च बीमावापत पाईन्छ । वार्षिक रुपमा २५ सय तिरेपछि परिवारका सदस्यले ५० हजार सम्म उपचार खर्च पाइन्छ । 

व्यक्तिगत स्वास्थ्य बीमा कसरी गर्ने ?

व्यक्तिगत स्वास्थ्य बीमा गर्न परिचय खुल्ने प्रमाणित परिचयपत्र चाहिन्छ । सो व्यक्ति ५ वर्ष पुगेको हुनुपर्छ भने बीमा कम्पनीअनुसार ५५ देखि ६५ वर्षका व्यक्तिले गर्न सकिन्छ । बिमाको रकम अनुसार बीमांक भने १०० रुपैयाँ देखि ५ हजार सम्म लाग्छ । 


संस्थागत स्वास्थ्य बीमा कसरी गर्ने  ?
संस्थाले नै गर्ने बीमा संस्थागत स्वास्थ्य बीमा हो, यो बीमा संस्थाले नै गर्नुपर्छ । कुनै कम्पनी वा उद्योगको प्यान नम्वर सहितको लेटरप्याडसहित कम्तीमा ५ देखि १० जना र बढीमा सिमा नलगाई कम्पनीले नै प्रिमियम दिने गरी बीमा गर्न सकिन्छ । यसको भुक्तानी पनि कम्पनीकै नाममा हुन्छ । यदि बीमित ब्यक्ति दिर्घरोगी छ, गर्भवती छ वा बीमा गरे लगत्तै २८ दिनभित्रै कुनै बिरामी परेमा भने बीमा कम्पनीले उपचार व्यहोर्दैन । अरु विरामी वा अगभंग हुँदा सरल तरिकाले भुक्तानी गर्छ । 

२५ जिल्लामा बीमा
सरकारले स्वास्थ्य बीमा २५ जिल्लामा लागु गरेको छ ।  बाग्लुङ, इलाम, अछाम, पाल्पा, म्याग्दी, कास्की, कैलाली, बैतडी, झापा, तनहुँ, गोरखा, भक्तपुर, चितवन, जुम्ला, जाजरकोट, महोत्तरी, रोल्पा, मकवानपुर, रौतहट, सुनसरी, सिन्धुली, पर्सा, बर्दिया, सुर्खेत र सोलुखुम्बुमा गरी २५ जिल्लामा लागु भएको छ । यी जिल्लाहरुमा प्रतिब्यक्ति १०० रुपैयाँ वार्षिक प्रिमियम तिरेर ५० हजार रुपैयाँ सम्मको बीमा गर्न सकिन्छ । वार्षिक एक सय रुपैयाँ तिर्दा ५०  हजार रुपैयाँसम्मको उपचार खर्च पाइन्छ ।
२५ जिल्ला बाहेक व्यक्तिले कम्पनीमा सम्पर्क राखेर बीमा गर्न सकिन्छ । उनीहरुले बीमा गर्दा न्यूनतम वार्षिक १५० देखि २५० रुपैयाँसम्म प्रिमियम पर्छ र ५० हजार रुपैयाँको बीमा हुनेछ । 

स्वास्थ्य बीमा गर्ने कम्पनी, सम्पर्क नं. र बिमाको प्रकार
शिखर इन्स्योरेन्स मध्यबानेश्वर     ४२४६१०१     (व्यक्तिगत)
सिद्धार्थ इन्स्योरेन्स अनामनगर     ४२५७७६६     (व्यक्तिगत)
प्रभु इन्स्योरेन्स तिनकुने     ४४९९२२६     (व्यक्तिगत)
नेपाल इन्स्योरेन्स कमलादी     ४२२१३५३     (व्यक्तिगत)
युनाइटेड इन्स्योरेन्स थापाथली     ५११११११ (व्यक्तिगत)
नेशनल लाइफ इन्स्योरेन्स पानीपोखरी ४४४२६४६     (व्यक्तिगत) 
एनबी इन्स्योरेन्स     नक्साल      ४४११५१० (व्यक्तिगत) 
प्रिमियर इन्स्योरेन्स नक्साल  ४२४५५६५  (सामूहिक)
सगरमाथा इन्स्योरेन्स     नक्साल     ४४१२३६७    (सामूहिक)
राष्ट्रिय बीमा कम्पनी सिंहदरबार ४२१५५३६    (सामूहिक)

baahrakhari.com बाट साभार
 
 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत
    नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

    ताजा

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    नेप्से आज घट्यो कि बढ्यो ?

    आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

    सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेप्से आज घट्यो कि बढ्यो ?
    • आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी
    • सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि
    • यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.