पत्रकार गिरीको रिहाईको माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौँ । पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दै पत्रकारहरुले काठमाण्डौंको माइतीघरमा प्रदर्शन गरेका छन् । विद्युतीय अपराधको तरबार नदेखाउ, पत्रकारले लेख्ने हो लेख्न पाउनुपर्छ भन्दै अनलाइन पत्रकार संघको अगुवाइमा माइतीघरमा प्रदर्शन गरेका छन् ।
पत्रकारहरुले ‘पक्राउ परेका पत्रकारलाई तत्काल रिहाई गर, लेख्नपाउन पत्रकारको संवैधानिक अधिकार रक्षा गर, विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट सहितका पदाधिकारी, अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।पत्रकार गिरीलाई यसअघि सोमबार पत्रकार महासंघको रोहवरमा छाडिएपनि मंगलबार पुन नियन्त्रणमा लिइएको हो ।
काठमाण्डौ जिल्ला अदालतले गिरीलाई अनुसन्धानका लागि ३ दिनको म्याद थप गरेको छ । सोमबार पत्रकार महासंघको रोहवरमा मंगलबार अदालती प्रक्रियाका लागि हाजिर हुने गरी रिहा गरिएको थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


