• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३० असार २०८३, मङ्गलबार
३० असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ३१ गते बुधवार, आज कुन राशिका लागि कति लाभ? हेर्नुहोस् राशिफल
  • ७ घण्टा 

फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन
  • ७ घण्टा 

ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु
  • १६ घण्टा 

सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग
  • १७ घण्टा 

हालै फेला परेको नयाँ मुसा, जो हो उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव
  • १७ घण्टा 

स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
  • २४ घण्टा 

११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो
  • २४ घण्टा 

नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने
  • १ दिन 

फ्रान्स र स्पेनबिच ३९ औं प्रतिस्पर्धा हुदैँ, स्पेनले १८ खेल जित्दा फ्रान्स १३ मा सीमित
  • १ दिन 

लोकप्रिय समाचार

  • १. ‘एल निनो’ को असर : १२२ बर्ष पछि सबैभन्दा सुख्खा र खडेरीको मारमा विश्व

  • २. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • ३. जापानले बनायो भूकम्प आउनासाथ हावामा माथि उठ्ने घर

  • ४. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ५. टिकटकद्वारा सन् २०२६ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

  • ६. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७. २०८३ असार २४ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि

  • ९. बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

  • १०. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा ३ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न

admin २०७६, बैशाख, ४

मकवानपुर, ४ वैशाख
गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा मकवानपुरको हेटौंडामा
आयोजित कार्यक्रमबीच ३ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी बुधबार सम्पन्न भएको नेपाल प्रहरीले बताएको छ । नेपाल सरकार गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरुप मंगलबारदेखि उक्त गोष्ठी सुरु भएको थियो ।
गोष्ठी समापनका अवसरमा गृहमन्त्री थापाले देश र नागरिकलाई समृद्धिको शिखरतर्फ
पुर्‍याउने जनप्रतिनिधिहरुको जिम्मेवारी पुरा गर्न समाजमा शान्ति स्थापना, अमनचयन र
स्थायित्व हुनुपर्ने बताउनुभयो । विकास र समृद्धिका लागि आर्थिक एवम् औद्योगिक क्रान्ति
आवश्यक रहेको चर्चा गर्दै उहाँले भन्नुभयो “राष्ट्रिय पूँजीको संरक्षण विकास र परिचालनबाट नै
विकास सम्भव छ ।”
भ्रष्टाचार, विकृति, विसंगतिलाई निर्मूल गरे मात्र शान्ति स्थापना गर्न सहज भई विकास
सम्भव हुने उल्लेख गर्दै गृहमन्त्री थापाले शान्ति विरोधी विखण्डनकारीहरुलाई निश्तेज पार्न
नागरिकलाई स्वायत्तता प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । संघीयता कार्यान्वयनको प्रक्रियामा
रहेको अवस्थामा केही अन्योलता आएको चर्चा गर्दै गृहमन्त्री थापाले सबै समस्या विस्तारै
समाधान हुने विश्वास व्यक्त गर्नुभयो । सुशासन, शान्ति सुरक्षा र सुरक्षा निकायमा राज्यले
पर्याप्त लगानी गर्नुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम
जमकट्टेलले समयसापेक्ष र समस्याको गहिराईबाट बुझ्न सके सुरक्षा चुनौतिको सामना गर्न

सकिने चर्चा गर्दै आपसी समन्वयबाट नै शान्ति सुरक्षा कायम गर्न सकिने बताउनुभयो । भौतिक
संरचना, साधन स्रोत र जनशक्ति व्यवस्थापन गर्न प्रहरीलाई पर्याप्त बजेट व्यवस्थापन गरी
संगठन बलियो बनाए मात्र प्रहरीले आफ्नो कार्य सहज र सरल तरिकाले गर्न सक्ने विचार उहाँले
व्यक्त गर्नुभयो ।
उक्त अवसरमा गृहसचिव प्रेम कुमार राईले राज्य संचालन संक्रमणकालीन अवस्थामा
रहेको चर्चा गर्दै यस अवस्थामा देखिएका कमी कमजोरीहरुलाई निराकरण गर्न प्रभावकारी
व्यवस्थापन र समन्वयको आवश्यकता रहेको बताउनुभयो ।
सीमित स्रोत साधनका आधारमा राज्यले अवलम्वन गरेको राज्य व्यवस्था विस्तारै
सफलता प्राप्त गर्दै गएको चर्चा गर्दै गृह सचिव राईले सेवा प्रवाह र कार्यालय व्यवस्थापनमा सबै
निकायले व्यावसायिक रुपमा दुरुस्त काम गरेमा सबै समस्या समाधान हुने बताउनुभयो ।
राष्ट्रिय समृद्धिका लागि प्रदेश र स्थानीय तहबीच आपसमा प्रभावकारी समन्वय हुनुपर्नेमा
उहाँले जोड दिनुभयो ।
गोष्ठीमा उक्त प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती,
समाधानका उपाय एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र
प्रस्तुतीकरण भएको थियो ।
गोष्ठीमा सुरक्षाविद प्रा.डा. ईन्द्रजित राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र
प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, ३
नम्बर प्रदेशका मुख्य सचिव, गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीहरु, ३ नम्बर प्रदेश प्रहरी
कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपककुमार थापा, नेपाली सेनाका प्रतिनिधिहरु,
३ नम्बर प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, उक्त प्रदेश अन्तर्गतका १३ जिल्लाका प्रमुख
जिल्ला अधिकारीहरु तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु
स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने

ताजा

२०८३ असार ३१ गते बुधवार, आज कुन राशिका लागि कति लाभ? हेर्नुहोस् राशिफल

फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.