• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष १३, २०८२
आइतबार, पुष १३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

रास्वपा–बालेनबीच एकता, बालेन प्रधानमन्त्रीको उम्मेदवार, ७ बुँदे सम्झौता सार्वजनिक

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ६. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ७. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ८. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

  • ९. कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

  • १०. सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा ३ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न

मकवानपुर, ४ वैशाख
गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा मकवानपुरको हेटौंडामा
आयोजित कार्यक्रमबीच ३ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी बुधबार सम्पन्न भएको नेपाल प्रहरीले बताएको छ । नेपाल सरकार गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरुप मंगलबारदेखि उक्त गोष्ठी सुरु भएको थियो ।
गोष्ठी समापनका अवसरमा गृहमन्त्री थापाले देश र नागरिकलाई समृद्धिको शिखरतर्फ
पुर्‍याउने जनप्रतिनिधिहरुको जिम्मेवारी पुरा गर्न समाजमा शान्ति स्थापना, अमनचयन र
स्थायित्व हुनुपर्ने बताउनुभयो । विकास र समृद्धिका लागि आर्थिक एवम् औद्योगिक क्रान्ति
आवश्यक रहेको चर्चा गर्दै उहाँले भन्नुभयो “राष्ट्रिय पूँजीको संरक्षण विकास र परिचालनबाट नै
विकास सम्भव छ ।”
भ्रष्टाचार, विकृति, विसंगतिलाई निर्मूल गरे मात्र शान्ति स्थापना गर्न सहज भई विकास
सम्भव हुने उल्लेख गर्दै गृहमन्त्री थापाले शान्ति विरोधी विखण्डनकारीहरुलाई निश्तेज पार्न
नागरिकलाई स्वायत्तता प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । संघीयता कार्यान्वयनको प्रक्रियामा
रहेको अवस्थामा केही अन्योलता आएको चर्चा गर्दै गृहमन्त्री थापाले सबै समस्या विस्तारै
समाधान हुने विश्वास व्यक्त गर्नुभयो । सुशासन, शान्ति सुरक्षा र सुरक्षा निकायमा राज्यले
पर्याप्त लगानी गर्नुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम
जमकट्टेलले समयसापेक्ष र समस्याको गहिराईबाट बुझ्न सके सुरक्षा चुनौतिको सामना गर्न

सकिने चर्चा गर्दै आपसी समन्वयबाट नै शान्ति सुरक्षा कायम गर्न सकिने बताउनुभयो । भौतिक
संरचना, साधन स्रोत र जनशक्ति व्यवस्थापन गर्न प्रहरीलाई पर्याप्त बजेट व्यवस्थापन गरी
संगठन बलियो बनाए मात्र प्रहरीले आफ्नो कार्य सहज र सरल तरिकाले गर्न सक्ने विचार उहाँले
व्यक्त गर्नुभयो ।
उक्त अवसरमा गृहसचिव प्रेम कुमार राईले राज्य संचालन संक्रमणकालीन अवस्थामा
रहेको चर्चा गर्दै यस अवस्थामा देखिएका कमी कमजोरीहरुलाई निराकरण गर्न प्रभावकारी
व्यवस्थापन र समन्वयको आवश्यकता रहेको बताउनुभयो ।
सीमित स्रोत साधनका आधारमा राज्यले अवलम्वन गरेको राज्य व्यवस्था विस्तारै
सफलता प्राप्त गर्दै गएको चर्चा गर्दै गृह सचिव राईले सेवा प्रवाह र कार्यालय व्यवस्थापनमा सबै
निकायले व्यावसायिक रुपमा दुरुस्त काम गरेमा सबै समस्या समाधान हुने बताउनुभयो ।
राष्ट्रिय समृद्धिका लागि प्रदेश र स्थानीय तहबीच आपसमा प्रभावकारी समन्वय हुनुपर्नेमा
उहाँले जोड दिनुभयो ।
गोष्ठीमा उक्त प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती,
समाधानका उपाय एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र
प्रस्तुतीकरण भएको थियो ।
गोष्ठीमा सुरक्षाविद प्रा.डा. ईन्द्रजित राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र
प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, ३
नम्बर प्रदेशका मुख्य सचिव, गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीहरु, ३ नम्बर प्रदेश प्रहरी
कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपककुमार थापा, नेपाली सेनाका प्रतिनिधिहरु,
३ नम्बर प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, उक्त प्रदेश अन्तर्गतका १३ जिल्लाका प्रमुख
जिल्ला अधिकारीहरु तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत
    नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

    ताजा

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    नेप्से आज घट्यो कि बढ्यो ?

    आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

    सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेप्से आज घट्यो कि बढ्यो ?
    • आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी
    • सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि
    • यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.