काभ्रेमा भेटियो बम, प्रहरी र सेनाद्वारा निष्कृय
बनेपा । नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको दिन बिहानै काभ्रेको पनौती नगरपालिका ७ मा शंकास्पद वस्तु भेटिएको छ ।
पनौती मल्पी खोपासी जाने चोकमा दुईवटा बोराभित्र खतरा लेखी राखिएको शंकास्पद वस्तुलाई नेपाली सेना र नेपाल प्रहरीले निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
बस्ती नजिक व्यस्त सडकमा खतरा लेखी बोरामा तार बेरी राखिएको अवस्थाको शंकास्पद वस्तुलाई निष्कृय पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार बोरामा बियरको सिसिलाई बोरा र तारले बेरेर त्रास फैलाउन नक्कली बम राखिएको थियो । जिल्लामा बन्दको कुनै प्रभाव नरहेको भएपनि स्थानीय र यात्रु त्रसित भएका छन् ।
अरनिको र विपि राजमार्गमा यातायता सहज रुपमा सञ्चालन हुनुका साथै जिल्लाको मुख्य शहर बनेपा, धुलिखेल, पनौती, पाचँखाल र भकुण्डे बजारका पसलहरु खुल्ला रहेका छन्
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
