आइपीएल: मुम्बईसँग सन्दीपको टिम दिल्ली पराजित
एजेन्सी । इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको बिहीबारको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्स पराजित भएको छ ।
दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा बिहिबार भएको खेलमा मुम्बईले दिल्लीलाई ४० रनले पराजित गरेको हो । मुम्बइले दिएको १६९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय २८ रन मात्र बनाउन सक्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बइले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनाएको थियो । मुम्बईका लागि क्रुनल पाण्डेले अविजित ३७ रन बनाउँदा डि ककले ३५ रन बनाए ।
हादिर्क पाण्डेयले ३२ रन जोड्दा कप्तान रोहित शर्माले ३० रनको योगदान दिए । सुर्यकुमार यादवले २६ रन बनाए । दिल्लीका कागिसो रबडाले २ विकेट लिए । भने, अमित मिश्रा र अक्सर पटेलले १–१ विकेट लिए । मुम्बइविरुद्ध खेलमा दिल्लीले नेपाली लेग स्पिनर सन्दीपलाई भने खेलाएन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
