भ्रष्टचारी ठहर भए काठमाडौंको टुँडिखेलमा झुडाएर मार्नु “
अख्तियारमा बयान दिन जान लागेका उपसचिव उत्तम सञ्जेलले पूर्वग्राही ढंगले अख्तियारले आफूलाई फसाउन खोजेको आरो लगाएका छन् । दुई बर्ष अगाडि नै महालेखाले टुंग्याइसकेको बिषयलाई निकालेर अहिले अख्तियारले उनलाई पत्र काटेको छ ।
भ्रष्टाचार र घुसखोरीविरुद्ध बोल्दै आएका उपसचिव प्रेम सञ्जेललाई अख्तियारले पत्र काटेको हो । सरकारी कार्यालयमा हुने भ्रष्टाचार र दलालीविरुद्ध कडा रुपमा प्रस्तुत भएर चर्चामा आएका उपसचिव प्रेम सञ्जेलले कार्यालयमा उपस्थित नभएरै एक महिनाको खाना, खाजा र प्रोत्साहन भत्ता लिएको आरोप लगाउदै उनलाई ३ दिनभित्र आयोगको सम्पत्ति अनुसन्धान तथा मूल्यांकन महाशाखामा उपस्थित हुन मंगलवार पत्र काटिएसँगै हलचल मच्चिएको छ ।
सञ्जेलले निर्वाचन आयोग, क्षेत्रिय कार्यालय विराटनगरमा रहँदा काम नगरी एक महिनाको तलब भत्ता लिएको उजुरी परेपछि अख्तियारले सञ्जेलको नाममा पत्र कोटेको हो । अख्तियारले २०७३ साल फागुन १७ देखि चैत २३ गतेसम्म कार्यालयमा हाजिर नभई खाना, खाजा र प्रोत्साहन भत्ता लिएर भ्रष्टाचार गरेको उजुरी आएको भन्दै पत्र काटेको हो। सञ्जेललाई अख्तियारले २ वर्ष पुरानो विषयमा भ्रष्टाचारको आरोपमा पत्र काटिनुलाई अख्तियारकै अधिकारीहरु आश्चर्य चकित बनेका छन् ।
लेखापरीक्षणबाट टुंगिसकेको विषयलाई आधार बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेको छ । अख्तियारकै अधिकारीहरु यो प्रवृत्तिलाई व्यक्तिमाथि आतंक सृजना गर्न खोजेको हो ।
अख्तियारले लोकमानकै शैलीमा काम गर्न खोजेको हो कि भन्ने देखिँदै छ ।’
यता उपसचिव सञ्जेलले आफू छाती ठूलो बनाएर अख्तियारमा बयान दिन जाने बताए । सञ्जेलका अनुसार उनी आजै बयानका लागि अख्तियार जाँदैछन् । ‘मैले सर्वोच्च अदालतको आदेश अनुसार सो अवधिको तलब भत्ता बुझेको हुँ ।’सञ्जेलले आफू भ्रष्टाचारी भएको ठहर भए टुँडिखेलमा झुण्ड्याएर मारे हुन्छ भन्दै चुनौति दिए । कोही कसैले उजुरी हाल्दैमा आफू नडराउने उनको भनाइ थियो ।
सम्बन्धित समाचार
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


