विष्णु पौडेललाई फसाउँने ललिता निवास
वैशाख ७, काठमाण्डौ । बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा सार्ने डिल्लीबजार मालपोत कार्यालयको कामलाई वैधता दिने गरी निर्णय गरेको खुलेपछि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसमेत विवादमा मुछिएका छन् ।
योभन्दा बढि विवादमा नेकपाका महासचिव विष्णु पौडेल मुछिएका छन् । पैसा तिरेर किनेको जग्गाले पौडेलेको मात्रै होइन, सरकार र नेकपालाईसमेत टाउको दुखाएको छ । जग्गा विवादबारे श्रृखलावद्ध रुपमा समाचाहरु लेखिरहेका छौँ । अहिले भने ललिता निवासको इतिहास प्रस्तुत गर्दैछाँै ।
राजधानीको मुटु मानिने बालुवाटारमा २ सय ९९ रोपनी जग्गामा फैलिएको ललिता निवास परिसर श्री ३ भीमशमशेरका छोरा हिरण्यशमशेर, र हिरण्यका छोरा सुवर्णशमशेरको दरबार हो । सुवर्ण शमशेर राणा शासनका छैटौ श्री ३ तथा १४ औं प्रधानमन्त्री भिम समशेरका नाती हुन् । नेपालमा प्रजातन्त्र प्राप्तिपछि सुवर्ण शमसेरले आफ्नी आमाको नाममा ललिता निवास दरबार स्थापना गरेको इतिहास छ ।
प्रजातन्त्रका क्रान्तिकारी नायक २००७ सालको संयुक्त सरकारमा अर्थमन्त्री भएर नेपालको पहिलो बजेट प्रस्तुत गरेका थिए । २०१६ सालमा विश्वेश्वर प्रसाद कोईरालाको नेतृत्वको बनेको सरकारमा उनी उपप्रधानमन्त्री बनेका थिए ।
तर, २०१७ साल पुष १ गते राजा महेन्द्रले जननिर्वाचित सरकार र प्रीतनिधिसभा भंग गरी पञ्चायतकाल लागू गरेपछि शुवर्ण समशेर राजा महेन्द्रको तानाशाही कदम विरुद्ध प्रजातन्त्र पुःन स्थापनका लागि शषस्त्र शंघर्षको नेतृत्वदायि भूमिका निर्वाह गर्न पुगेका थिए । नेपालमा प्रजातन्त्र ल्याउनका लागि विपी कोईरालासँग मिलेर उनी क्रान्तिमा होमिएका थिए ।
सोही कारण निरंकुश पञ्चायती सरकारले उनको आमाको नाममा रहेको बालुवाटारको ललिता निवास दरबार जफत गर्न पुगेको थियो । विक्रम सम्बत १९६७ सालमा जन्मेका उनको प्रजातन्त्र पुनस्थापनका लागि लड्दा लड्दै २०३४ सालमा ६७ बर्षको उमेरमा कलकत्तामा निधन भएको थियो । उनी हुदै ललिता निवासभित्रको जग्गा अधिग्रहणमा पर्न गयो ।
अधिग्रहण गरिएकामध्ये सुवर्णशमशेर र उनका छोरा कञ्चन शमशेरको १४ रोपनी ११ आना जग्गा राजनीतिक कारण जफत गरिएको जग्गा पर्न गएको थियो भने बाँकी जग्गाको क्षतिपूर्ति दिएर अधिग्रहण गरिएको थियो । तर, सरकारले २०१७ सालपछि प्रजातन्त्र पुनःस्थापनाका लागि भएको संघर्षमा संलग्न व्यक्तिहरूको जफत गरिएको भनिएको जग्गा १४ जेठ २०४७ को मन्त्रिपरिषद् बैठकले फिर्ता गर्ने निर्णय गरेको थियो ।
तर, मुआब्जा दिएर लालमोहर लगाई अधिग्रहण गरेको ललिता निवास परिसरको करिब १ सय १४ रोपनी जग्गा २०४७ देखि २०७३ सम्मको अवधिमा विभिन्न व्यक्तिको नाममा नामसारी गरिएको पाइएपछि यतिखेर यो विवाद चरम उत्कर्षमा पुगेको हो ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



