एजेन्सी । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा उक्लिएको छ । सिटीले शनिबार भएको खेलमा टोटनह्यामलाई १-० गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।
सिटीलाई जित दिलाउन फोडेनले खेलको पाँचौ मिनेटमै गोल गरेका थिए । लिगको शीर्ष स्थानको सिटीको ३४ खेलबाट ८६ अंक भएको छ । दोस्रो स्थानको लिभरपुलको ८५ अंक छ ।
टोटनह्याम ६७ अंक जोडेर तेस्रो स्थानमा छ । आर्सनल ६६ अंक जोडेर चौथो, चेल्सी ६६ अंक जोडेर पाँचौ र म्यानचेस्टर युनाइटेड ६४ अंक जोडेर छैटौं स्थानमा छन् ।







