Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

महोत्तरीबाट बेपत्ता भएका ७ जना बालिका र किशोरी भारतमा भेटिए

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, १८
महोत्तरीबाट बेपत्ता भएका ७ जना बालिका र किशोरी भारतमा भेटिए

काठमाडौं: महोत्तरीको भंगहा नगरपालिका–८ स्थित धर्मपुर टोलबाट बेपत्ता भएका सातजना बालिका र किशोरी भारतीय शहरमा भेटिएका छन्। उनीहरु नेपाली सीमाभन्दा ५ किलोमिटर टाढा रहेको बिहार राज्यको सीतामढी जिल्लाको सुरशन गाउँमा भेटिएको भन्ने सूचना पाएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जनाकारी दिए। उनीहरु फेला परेको ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली गएको भट्टराईले बताए।
‘मानव तस्करीमा संलग्न गिरोहले उनीहरुलाई सीमावर्ती भारतीय जिल्ला सितामढीको सुरशन गाउँमा पुर्‍याएको आशंका छ, ‘उनले भने, ‘ यहाँबाट सुरक्षाकर्मीको टोली भारत गएको छ। सीमा नाकाबाट कसरी भारत पुगे भन्ने अनुसन्धान गरिरहेका छौं।’ उनीहरुलाई भारतीय सुरक्षा निकायसँग समन्वय गरेर नेपाल फर्काउने तयारी भइरहेको पनि भट्टराईले बताए।

बेपत्ता हुनेमा १८ वर्षीया अस्मिता पासवान, नगिना पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १३ वर्षीया ज्योति पासवान, १० वर्षीया रञ्जना पासवान, सीमा पासवान र रचना पासवान रहेका छन्। उनीहरु मंगलबार दिउँसो १ बजे घाँस काट्न गएका थिए। साँझ अबेरसम्म घरमा नआएपछि खोजतलास सुरु भएको थियो।

Top Changing Nepal

युट्युब सट्स