• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ बैशाख २०८३, बुधबार
१६ बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख १७ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १६ घण्टा 

नेप्सेमा २५.८१ अंकको गिरावट
  • १७ घण्टा 

यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा
  • १८ घण्टा 

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?
  • २१ घण्टा 

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला
  • २३ घण्टा 

आज साँझदेखि तीव्र हावाहुरी र वर्षा : यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह
  • १ दिन 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १ दिन 

२०८३ वैशाख १६ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ वैशाख १४ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. नेपालमा वायु प्रदूषणको जोखिम बढ्दो  : ११६ वर्षको विरासत बोकेको ब्ल्याक+डेकरद्वारा घरभित्रको शुद्धताका लागि विशेष पहल

  • ३. २०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८३ वैशाख १२ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. एभरेष्ट कलरको आईपीओ आजदेखि खुला

  • ६. आज हिमाल–पहाडमा बादल, तराईमा तातो लहरको सम्भावना

  • ७. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ८. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ९. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. कुनै विवरण लिक नभएको नबिल बैँकको दाबी गलत प्रचार नगर्न आग्रह

कैलालीका बाढीपीडित भन्छन्– बाढीको दीर्घकालीन समस्या समाधान गर्नेलाई भोट दिन्छौँ

जानकारी केन्द्र २०७९, कार्तिक, १

कैलाली । कैलालीको भजनीका बाढीपीडित बाढीको दीर्घकालीन समस्या समाधान गर्ने नेतालाई मात्र भोट दिने बताउन थालेका छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेताहरू भोट माग्न घरदैलोमा जान थालेपछि त्यहाँका स्थानीय नेतालाई बाढीले तहसनहस भएको बस्ती देखाउन थालेका छन्। उनीहरु भोट माग्नुअघि पीडितको पीडामा मल्हम लगाउन माग गरिरहेका छन्।

भजनीमा यस वर्ष पटक–पटक गरी आएको बाढीले हजारौँ परिवार प्रभावित भएका छन् भने सयौँ परिवार विस्थापित भएका थिए। भजनीमा विस्थापित भएका केही परिवार अझै घर फर्कन नसकेको अवस्था छ। बाढीले भजनीमा घरखेत डुबानमा पर्नुका साथै कतिपयका घर भत्किएर बस्ने अवस्था नभएपछि उनीहरु अझै सडक किनार र खुला ठाउँमा पाल टाँगेर बसिरहेका छन्।

बाढीले सबैभन्दा बढी क्षति पुगाएको वडा नं ८ का नागरिक यो पार्टी, त्यो पार्टीभन्दा पनि बाढीको दीर्घकालीन समाधानको योजना ल्याएर आउने नेता जिताउने बताउन थालेका छन्। भजनी–८ जनकपुर कालिकाटोलका प्रकाश साउद निर्वाचन नजिकिएपछि नेताहरु भोट माग्न आउन थालेकाले दीर्घकालीन समस्या समाधान गर्नेलाई मात्र मतदान गर्ने तयारी भएको बताउछन्।

“हामीलाई ड्यामसहित नदी नियन्त्रण गर्ने, पीडितका समस्या दीर्घकालीनरूपमा समाधान गर्नेलाई भोट दिन्छौँ”, उनी भन्छन्, “यसपटक चारपटक बाढी पस्यो, नेताहरू सुखमा थिए, हामी भोकभोकै पीडामा छट्पटायौँ, हाम्राबारेमा सोच्ने नेतृत्व चाहियो।”

भजनीको सोनाहाफाटाकी कृष्णा चौधरी पनि बाढीको समस्या समाधान गर्ने नेता चाहिएको बताउछिन्। उनी पीडित बस्ती अन्यन्त्र सार्ने, बाढीपीडितलाई कम्तीमा छ महिना खाद्यान्न उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने माग गर्छिन्। उनी काम गर्ने नेतालाई मात्र भोट दिने बताउछन्। “हरेक वर्ष बाढीले धनजन क्षति गरिरहेको छ। बाढीले नागरिकको समेत बिचल्ली हुने गरेको छ”, उनी भन्छिन्, “हामीले हरेक निर्वाचनमा नेता चुन्यौँ, चुनेका नेताहरू सुखको जीवन बिताइरहेका छन्। हाम्रा समस्या उस्तै छन्। हामीलाई सुखका दिन ल्याउने नेता चाहियो।”

कृष्णा एक महिनासम्म भजनीका नागरिकले बाढीका समस्या झेल्दा नेताहरूलाई कुनै फरक नपरेको गुनासो गर्छिन्। “हामी एक महिनासम्म खुला आकाशमा बस्यौँ, घाम पानी, दुर्गन्धले सतायो, सडकमा लामखुट्टेले सताए”, उनले भनिन् “गर्भवती, सुत्केरी, बालबालिका पनि सडकमै बसे, लामखुट्टेको टोकाइबाट बच्ने झुलसमेत थिएन। अब कस्ता नेतालाई भोट हाल्नु रु हामी रनभुल्लमा छौँ।”

भजनीका नागरिक हरेक वर्ष बाढीले पीडित हुन्छन्। यस वर्षजस्तो पीडा कहिल्यै भोगेका थिएनन्। यस वर्ष पटक–पटक बाढीले सतायो। यसरी बाढीले सताए पनि नेता सघाउन नआएको भजनीकै फागुराम चौधरीको गुनासो छ। “अब गफ होइन, काम गर्ने नेता चुन्ने हो”, उनी भन्छन्, “बाढीबाट जोगाउने योजनाबारे हाम्रा बस्तीमा छलफल हुनुपर्छ। हामीलाई वाचामात्र गर्ने होइन बलियो आधार चाहिन्छ। अनिमात्र भोट दिन्छौँ नभए यसपालि हामी मतदान गर्दैनौँ।”

बाढीलगत्तै निर्वाचनका गतिविधि सुरु भएपछि पीडित बस्तीका माग बाढी समाधानकै हुने गरेका छन्। उनीहरु अन्य समस्याभन्दा पहिले बाढीबाट मुक्ति दिलाइदिन माग गर्न थालेका हुन्। विभिन्न राजनीतिक दल निर्वाचन केन्द्रित गतिविधि गर्न जान थालेपछि बाढीपीडितले बाढीले उजाडेको बस्ती, नोक्सान गरेको खेतबारी देखाउन थालेका छन्।

उनीहरु नेताका भाषण सुन्नुभन्दा घर र खेतबारी अवलोकन गरिदिन आग्रह गर्न थालेको बताउँछन्। ‘‘नागरिकहरू दिक्क छन्, नेता आए भेटौँला भन्नुभन्दा पनि आफ्ना समस्या हेर्ने मानिस आए हुन्थ्यो भन्ने चाहन्छन्”, स्थानीय उद्धारकर्मी जयप्रसाद ढुङ्गाना भने, “यहाँका नागरिक राहतमा एक कट्टा चामल नभइ समस्या समाधान गरिदिन माग गर्न थालेका छन्।”

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेप्सेमा २५.८१ अंकको गिरावट
यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा
सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

ताजा

२०८३ वैशाख १७ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेप्सेमा २५.८१ अंकको गिरावट

यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.