Jankari Kendra
१० भाद्र २०८३, बुधबार
Worldlink

नेपाल वायुसेवा निगमले सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्यो ७३ करोड ९ लाख

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, १
नेपाल वायुसेवा निगमले सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्यो ७३ करोड ९ लाख

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पछिल्लो पटक असोज ३१ गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता वापतको ७३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ ।

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको हकमा न्यारोवडी जहाज खरिदको सावाँ र ब्याज वापतको रु ५३ करोड ९ लाख ५५,२८१ रुपैयाँ र नागरिक लगानी कोषको हकमा पनि बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता वापतको २० करोड रुपैयाँ गरी जम्मा ७३ करोड ९ लाख ५५ हजार २८१ किस्ता वापतको रकम भुक्तानी गरिएको छ ।

विगत तीनवर्ष देखि विविध कारणले संचयकोष तथा नागरिक लगानी कोषको ऋण दायित्व भुक्तानी गर्न नसक्ने अवस्था रहेकोमा निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपछि नियमित उडान, अकुपेन्सी दरमा सुधारबाट आम्दानीमा बृद्धि भएपछि पछिल्लो पटक २०७९ असार ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता वापतको १ अर्ब ३५ करोड रुपैयाँ पनि भुक्तानी गरेको थियो ।

Top Changing Nepal

युट्युब सट्स