• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ बैशाख २०८३, बिहीबार
१७ बैशाख २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

तीन दिन बिदामा पनि सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न आग्रह
  • ६ घण्टा 

खाना पकाउने ग्यासको मूल्य बढ्यो
  • ७ घण्टा 

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ : बालेन शाह
  • ८ घण्टा 

नेपाल आयल निगमले घटायो पेट्रोलको मूल्य
  • ८ घण्टा 

ट्राफिक प्रहरी कारबाहीबाट २४ घण्टामा १९ लाख राजस्व संकलन
  • ११ घण्टा 

पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभाव आज पनि कायमै : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • १२ घण्टा 

आज बुद्ध पुर्णिमा ,२५७० औं बुद्ध जयन्ती मनाइँदै : लुम्बिनीमा विशेष कार्यक्रम
  • १२ घण्टा 

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात
  • १ दिन 

Foton Nepal has Brought Exclusive Commercial Mobility Offers to CADA in Chitwan Auto Show
  • १ दिन 

लोकप्रिय समाचार

  • १. गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान

  • २. प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

  • ३. पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदली : धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ४. बर्लीको बजारमा ह्याट्रिक : १७ कुलर ६ गिजरको सफलतापछि ३ नयाँ शक्तिशाली एयर कुलर सार्वजनिक

  • ५. पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभाव आज पनि कायमै : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६. नेप्सेमा सामान्य वृद्धि,कारोबार ५.२७ अर्बमै सीमित

  • ७. नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • ८. सुनको मूल्य तोलामा दुई हजार सात सय रूपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ९. अस्पताल भित्र भिडियो खिच्न र बिरामीको अन्तरवार्ता लिन निषेध

  • १०. चार्जको झन्झट अन्त्य : ७,००० एमएएच ब्याट्रीसहित अनर एक्स ८ डी फोन अब नेपालमा

गलकोटमा जिल्लाकै ठूलो बाख्रा फार्म सञ्चालन

जानकारी केन्द्र २०७९, कार्तिक, १

गलकोट । बागलुङको गलकोटमा सञ्चालित सहारा बाख्रा फर्म जिल्लाकै ठूलो बाख्रा फार्म हो । दश वटा बाख्राबाट शुरु गरिएको फार्ममा अहिले ३०० बोका, बाख्रा र पाठापाठी छन् ।

लगानी जुटाउनका लागि कोरिया गएका गलकोट नगरपालिका–१ दुदिलाभाटीका कुँवर दाजुभाइले कोरियाबाट फर्केर जिल्लाकै ठूलो बाख्रा फर्म सञ्चालन गरेको हो । दाजुभाइ गमबहादुर कुँवर र विष्णु कुँवरले स्थापना गरेको वृहत्त बाख्रा फार्ममा एकै याममा ५० खसीबोका बिक्रीका लागि तयार भएका र यो वर्ष मात्रै एक करोड बराबरको खसी बोका बिक्री गर्ने लक्ष्य रहेको बताइएको छ ।

विसं २०७४ सालमा स्थापना गरिएको उक्त फार्म जिल्लाकै ठूलो र नमूना बाख्रा फार्ममा अहिले १६० वटा माउ बाख्रा मध्ये ५८ वटा बाख्रा व्याउने तयारीमा छन् । फर्ममा अहिले ३०० बाख्रा, बोका, तथा पाठापाठी रहेको फर्मका सञ्चालक गम बहादुरले जानकारी दिए ।

कोरिया पाँच वर्ष बसेका उनीहरुले त्यहाँको आम्दानी बाख्रा पालनमा लगानी गरेका थिए

“एउटा बोकोलाई सरदरमा रु २५ हजार पर्ला, बोयर तथा खरी प्रजातिको क्रस गरिएका बोकाको मासु राम्रो भएकाले उक्त प्रजातिका बोकाको मासुको माग उच्च छ, अहिले ५० वटा बोका बिक्रीका लागि तयार भएको छ” गमबहादुरले भने “दसैं तिहारसम्म रु १२ लाखका बोका बिक्री गर्ने हो, गत आर्थिक वर्षमा रु ५० लाखको बोका काख्रा बिक्री गरेका थियो यस पटक बोका बाख्रामा उल्लेख्य वृद्धि भएकाले रु एक कारेडसम्म आम्दानी गर्ने लक्ष्य छ ।”

हालसम्म दुई दाजुभाईको रु पाँच करोड लगानी भइसकेको उक्त फार्म छ रोपनी जग्गामा फैलिएको छ भने ३०० रोपनी आफ्नै जग्गामा घाँस खेती छ ।
“भएको आम्दानी जति सबै फर्ममै लगानी भएको छ, गत वर्ष रु ५० लाखको बाख्रा, बोका तथा पाठापाठी बिक्री गरेका थियौँ, अहिले बाख्रा उत्पादनमा निकै वृद्धि छ, यो रु वर्ष एक करोडको बोका, बाख्रा बिक्री गर्ने लक्ष्य छ” कान्छा भाइ विष्णुले भने “ फार्मबाट माउ बाख्रा, बोयर जातका बोका, पाठापाठी समेत बिक्री हुने गरेको र अन्य बोका मासुका लागि बिक्री भइरहेको छ, बाँकी रहेका बोका गलकोट बजारमा आफ्नै मासु पसलबाट बिक्री गर्दै आएका छौँ ।”

उनीहरुले बाख्रा पालनका लागि ३०० रोपनी जग्गा खरिद गरेका थिए । उक्त फार्ममा सरकारले व्याज अनुदान कार्यक्रमबाट रु ५० लाख ऋण तीन प्रतिशत व्याजमा उपलव्ध गराएकामा उक्त ऋणले आफ्नो फार्मले ठूलो फड्को मार्न सकेको कुँवर दाजुभाइको भनाइ थियो । “ पाइएको ऋण बाख्राको दाना खरिदलाई पुग्छ” विष्णुले भने “व्याज अनुदान कार्यक्रमले हाम्रो फार्ममा निकै परिवर्तन ल्यायोे, सय वटा बोका बाख्रा भएको फर्मलाई ३०० पु¥याउन सहयोग मिल्यो ।”

फार्ममा अहिले ५८ वटा बाख्रा व्याउने अवस्थामा रहेकाले बाख्राको सङ्ख्यामा वृद्धि भएर ४०० पुग्ने कुँवर दाजुभाइको भनाइ छ ।फार्म सञ्चालक विष्णुले बोकाका लागि बजारको अभाव नभएको बताउदै बाख्रा फर्मबाट आएको नाफाले घाँस बोक्न जीपसमेत खरिद गरिएको बताए ।

उक्त फार्मले परिवारका सदस्यका साथै आठ जनालई प्रत्यक्ष रोजगारी दिन सफल भएको छ ।

गम बहादुरले कृषि विषय अध्ययन गरेपछि पाइएको रोजगारीबाट चित्त नबुझेपछि कोरिया गएको बताउदै कोरियाको कमाईले बाख्रा फर्ममा लगानी गरेको र पछि फार्मको नाफासमेत फार्ममै लगाउँदा लगानी धेरै भएको बताए । बाख्रापालनका लागि व्यवसायिक रुपले घाँस खेतीसमेत गर्दे आएका दाजुभाइले आफ्नो फार्म पहाडी जिल्लाको वृहत्तर फर्म मध्ये एक रहेको जिकिर गरे ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
तीन दिन बिदामा पनि सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न आग्रह
खाना पकाउने ग्यासको मूल्य बढ्यो
साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ : बालेन शाह

ताजा

तीन दिन बिदामा पनि सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न आग्रह

खाना पकाउने ग्यासको मूल्य बढ्यो

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ : बालेन शाह

नेपाल आयल निगमले घटायो पेट्रोलको मूल्य

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.