काठमाडौं महानगरभित्र व्यवसाय गर्न दर्ता गर्नुपर्ने, ३० दिनभित्र दर्ता नगरे कारबाही
जानकारी केन्द्र
२०७९, कार्तिक, २
काठमाडौँ । संघ र प्रदेश सरकारबाट इजाजत लिई व्यवसाय गरिरहेकाहरूले पनि काठमाडौं महानगरपालिकाबाट व्यवसाय दर्ता गरी सञ्चालन गर्नुपर्ने भएको छ। महानगरको बबरमहलस्थित राजश्व विभागले सूचना जारी गरेर महानगर क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीहरूले संघ र प्रदेश सरकारबाट इजाजत लिएको तर महानगरबाट अनुमति नलिइएको पाइएको उल्लेख गरेको छ।
महानगरले ३० दिनभित्र व्यवसाय महानगरमा दर्ता गर्न पनि आग्रह गरेको हो। नजिकको वडा कार्यालयमा गई व्यवसाय दर्ता गर्न सकिने महानगरले जारी गरेको सूचनामा उल्लेख छ। अनुगमनका क्रममा महानगरमा दर्ता नगरी व्यवसाय गरेको पाइएमा कारबाही गरिने पनि महानगरले जनाएको छ। व्यवसाय बन्द गरी जरिवानासमेत असुल गर्ने चेतावनी पनि महानगरले दिएको हो।

सम्बन्धित समाचार
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
