न्यु जर्सीको उडान उडिरहेको विमानभित्र सर्प भेटियो
काठमाडौं । फ्लोरिडाको टम्पा सहरबाट न्यु जर्सीको उडानको अन्त्यमा विमानभित्र सर्प भेटिएको छ । उडानमा अप्रत्याशित ढंगले सर्प देखिएपछि यात्रुहरू आतंकित बनेका छन् । विमान अवतरण गरेलगत्तै नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलका कामदारहरूलाई सर्प समात्न बोलाइएको थियो । न्युयोर्क र न्यु जर्सीको बन्दरगाह प्राधिकरणले एक विज्ञप्तिमा भनेको छ कि विमानस्थलको वन्यजन्तु सञ्चालन कर्मचारी र पोर्ट अथोरिटी पुलिस विभागका अधिकारीहरूले युनाइटेड फ्लाइट २०३८ बाट ‘गार्टर स्नेक’ हटाएर पछि जंगलमा छाडिदिएका छन् ।
सर्पका कारण कोही पनि घाइते नभएको र सञ्चालन प्रभावित नभएको विज्ञप्तिमा जनाइएको छ । यात्रुहरूले चालक दललाई सर्पको बारेमा सचेत गराएको र एयरलाइन्सले स्थितिको ख्याल गर्न उपयुक्त अधिकारीहरूलाई बोलाएको युनाइटेडले जनाएको छ । विजनेश क्लासका यात्रुहरुले विमान उडेको देखेका थिए ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
