७४ मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा जोडिने
काठमाडौँ । लमजुङको दोर्दी करिडोरबाट ७४ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने भएको छ । दोर्दी करिडोरमा १३२ केभी डबल सर्किट प्रसारण लाइन र मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतको उदीपुर- भरतपुर खण्डको उदिपुर सबस्टेसन निर्माण भएसँगै ७४ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा थपिने बाटो खुलेको हो ।
दोर्दी करिडोरमा निर्माण सम्पन्न भई विद्युत् परीक्षण उत्पादन सुरु गरेको २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजना, २५ मेगावाटको माथिल्लो दोर्दी – ए जलविद्युत् आयोजना, १२ दशमलव ५ मेगावाटको दोर्दी खोला- १ जलविद्युत् आयोजना र ८ दशमलव ६३ मेगावाटको चेपे खोला जलविद्युत् आयोजना गरी हाललाई ७४ मेगावाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा जोड्ने बाटो खुलेको छ ।
दोर्दी करिडोरमा अहिले ५४ मेगावाटको सुपर दोर्दी- ख निर्माणाधीन अवस्थामा छ । १३२र११ केभी कीर्तिपुर सबस्टेसन यसअघि आंशिक रूपमा सञ्चालनमा आइसकेको थियो । अब सबस्टेसन पनि पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । प्रसारण पूर्वाधार अभावमा ती आयोजनाको विद्युत् खेर जाने अवस्थाको अन्त्य भएको दोर्दी करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख रमेश पौडेलले बताए ।
दोर्दी खोलामा निर्माण भएको जलविद्युत् आयोजनाको विद्युत् दोर्दी करिडोर प्रसारण लाइनमार्फत उदीपुर सबस्टेसनमा जोडिने योजना छ । तर, उदीपुर सबस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि आयोजनाको विद्युत् वैकल्पिक व्यवस्थामार्फत हाल सञ्चालनमा रहेको मध्यमर्स्याङ्दी विद्युतगृहको स्विच यार्डमा जोड्ने व्यवस्था गरिएको छ ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
