• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ बैशाख २०८३, बुधबार
१६ बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख १७ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २० घण्टा 

नेप्सेमा २५.८१ अंकको गिरावट
  • २० घण्टा 

यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा
  • २२ घण्टा 

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?
  • १ दिन 

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला
  • १ दिन 

आज साँझदेखि तीव्र हावाहुरी र वर्षा : यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह
  • १ दिन 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १ दिन 

२०८३ वैशाख १६ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ वैशाख १४ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. नेपालमा वायु प्रदूषणको जोखिम बढ्दो  : ११६ वर्षको विरासत बोकेको ब्ल्याक+डेकरद्वारा घरभित्रको शुद्धताका लागि विशेष पहल

  • ३. २०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८३ वैशाख १२ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. एभरेष्ट कलरको आईपीओ आजदेखि खुला

  • ६. आज हिमाल–पहाडमा बादल, तराईमा तातो लहरको सम्भावना

  • ७. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ८. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ९. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. कुनै विवरण लिक नभएको नबिल बैँकको दाबी गलत प्रचार नगर्न आग्रह

फड्के कीराको समस्याले सधैँ पिरोल्छ

जानकारी केन्द्र २०७९, कार्तिक, ३

रामपुर। रम्भा गाउँपालिका–१ सगाहाका रमेश रानाभाटको धान खेतमा यस पटक फड्के कीराले सखापै पार्ने गरी सतायो । वर्ष दिनभर परिवार पाल्न दुःखसँग खेती गरेका उनी खेतभरि झुलेका धानबालीमा यस पटक कीराको समस्याले चिन्तित छन् ।

“दुःख गरेर धान लगाइयो अब त भकारीमा स्याहार्ने बेला भयो भनेर उत्साहित भएको सखापै पार्ने गरी किराले सतायो, कहिले गबारो कहिले फड्के कीरालगायतका विभिन्न समस्याले किसानलाई सधैँ पिरोल्छ”, उनले गुनासो पोखे । वर्षा सकिएपछि हालै काटेको धान बालीमा पनि प्रकोप फैलिँदा स्याहार्नै नपर्ने अवस्था भएपछि खेतमै पाँजासहित आगोमा जलाएर नष्ट गर्नुपरेको उनी बताउँछन् । करिब छ रोपनी क्षेत्रफलमा लगाइएको धानबाली राम्रै भएपछि स्याहार्ने समयमा फड्के किराको समस्याले क्षति पुगेको छ ।

पाँच जनाको परिवारलाई वर्ष दिन खान पुग्ने सो जग्गामा लगाइएको धान यस पटक नोक्सान हुँदा परिवार कसरी पालिने भन्ने चिन्ताले उनलाई रातदिन सताएको छ । गत वर्ष काटेको धान वर्षाले डुबानमा परी नोक्सानी उनले बेहोर्नुपर्यो । क्षतिपूर्तिका लागि गाउँपालिकाले विवरण सङ्कलन गरे तापनि पहुँचवालालाई नै वितरण गरेर आफूलाई विभेद गरेको उनको गुनासो छ ।

सगाहाको नौसय मुरी खेतभरि नै सो कीराले सताएको अगुवा कृषक ऋषिराम अर्याल बताउँछन् । उनका अनुसार गत वर्ष यस क्षेत्रमा फ्याट्टफुट्ट रुपमा देखिँदा खासै धानमा असर परेन तर यस पटक ठूलै क्षति हुने गरी फैलिएको छ । आफूले लामो समयदेखि धान लगाउँदै आएको भए पनि यस पटकजस्तो महामारीको रुपमा फड्के कीराको प्रकोप विगतका वर्षमा नरहेको अर्यालको भनाइ छ ।

जिल्लाको हुँगी, अगाहाखोला क्षेत्रमा करिब ७० रोपनीमा फड्के कीराको समस्या फैलिएपछि स्थलगत निरीक्षणपश्चात् कार्यालयबाट नियन्त्रणका लागि विषादी उपलब्ध गराइएको कृषि ज्ञानकेन्द्रका प्रमुख कामना अधिकारी बताउँछन् । “धानबालीमा लाग्ने प्रकोपमध्ये यो सबैभन्दा खतरनाक किरा हो, यस वर्ष पानी धेरै परेकाले प्रकोप फैलिएको छ, समयमा नै पहिचान भई उपचार गरेमा नियन्त्रणमा ल्याउन सकिन्छ”, उनी भन्छन् ।

काटिसकेको धान भए धेरै क्षति हुन्थ्यो तर काट्न बाँकी रहेका धान भएकाले क्षति कम हुने उनी बताउँछन् । कीराको समस्या देखिएमा किसानलाई पालिका तथा कृषि ज्ञान केन्द्रका प्राविधिकसँग सम्पर्क गर्न उनको अनुरोध छ ।

रामपुर नगरपालिकाका विभिन्न स्थानमा समस्या भेटिएपछि स्थलगत रुपमा अवलोकनपश्चात् विषादी छर्कन् कृषकलाई सुझाव दिइएको शाखा प्रमुख रामहरि पाण्डेय जानकारी दिन्छन् । यस क्षेत्रमा एक हप्तादेखि यस कीराको समस्याका सम्बन्धमा कृषक गुनासो राख्न आउने गरेपछि निःशुल्क विषादी उपलब्ध गराउँदै आएको शाखा प्रमुख पाण्डेयले बताउँछन् ।

विशेष गरी अलि गहिरो, पानी जम्ने, गाँजको घनत्व बढी भएको जग्गामा पानी परेपछिको सापेक्षित आद्रता उच्च हुन गई यस कीराको समस्या बढ्न गएको अनुमान लगाउन सकिन्छ । वयस्क २।५ देखि ३।४ मिलिमिटर लामो हुन्छ र शरीर कुनै खैरो, कुनै सेता र कुनै हरिया रङका फुत्तफुत्त उफ्रने किसिमका मसिना कीरा हुन्छन् ।

यो कीरामा साना र ठूला पखेटा दुवै थरीका हुन्छन् । यसको मझौला पिठ्युँ खण्डमा तीन खैरा धर्साहरु हुन्छन् । शिशु फड्केको भने खैरो शरीर हुन्छ । धानका बिरुवा मर्दछन्, बिरुवा गाँजिन र बढ्न सक्दैनन्, धानको बोटमा बाला नलागी परालजस्तो भई बोट सुकेर जान्छ, यसको लक्षण जग्गाको कुनै एक ठाउँबाट सुरु भई फैलिँदै जान्छ ।

रोकथामका उपाय ?

उपयुक्त जातको छनोट गर्ने, ढिलो लगाइएको भन्दा छिटो लगाइएको र ढिलो पाक्नेभन्दा छिटो पाक्ने धान बालीमा फड्के कीराको प्रकोप कम भएको पाइएको छ । गाँजको घनत्व काम गर्ने, धान रोप्ने समयमा प्रतिगाँजमा दुई–तीन वटाभन्दा बढी बेर्ना नरोप्ने गरेमा रोकथाम गर्न सकिन्छ ।

त्यस्तै नाइट्रोजनयुक्त मलखादको उचित प्रयोग गर्ने, तीन चार दिनको फरकमा खेतमा पानीको सतह बढाउने घटाउने र सुकाउने गर्ने, ९पाकेर काट्ने बेलाको धानमा पानी सुकाउने० अन्तिम विकल्पको रुपमा रासायनिक विषादीको प्रयोग गर्ने, एजाडिरिक्टीन २।३ मिलिलिटर, बुफ्रोफेजीन एक मिलिलिटर, इमिडाकोल्प्रिड ०।५ ग्राम र निटेनपाइरम एक मिलिलिटर प्रतिलिटर पानीमा मिसाइ फेदमा पर्ने गरी एक हप्ताको फरकमा छर्कनुपर्दछ ।

विषादी छर्कदा धानको बिरुवा माथिबाट होइन बिरुवाको फेदमा पर्ने किसिमले छर्कनुपर्दछ । धानको फूल फुलेको अवस्थामा विषादी छर्कनुहुँदैन ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेप्सेमा २५.८१ अंकको गिरावट
यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा
सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

ताजा

२०८३ वैशाख १७ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेप्सेमा २५.८१ अंकको गिरावट

यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.