कमेडियन अपूर्व क्षितिजलाई अदालत उपस्थित गराइयो
काठमाडौँ । बुधबार समय अभावका कारण अदालतमा पेश गर्न नभ्याइएका कमेडियन अपूर्व क्षितिज सिंहलाई बिहीबार अदालतमा उपस्थित गराइएको छ। उनलाई जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा पेश गरिएको हो। यसअघि अनुसन्धान सकिएपछि अदालत जानेबेला बिरामी भएपछि उनलाई छाडिएको थियो। र अहिले प्रहरीले पुनः मुद्दा अघि बढाउन मंगलबार मात्रै पुनः नियन्त्रणमा लिएको हो।
नेवार समुदायमाथि आँच आउनेगरी कमेडी प्रस्तुत गरेको भन्दै उनीमाथि भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुर गरेको, सार्वजनिक शान्ति खलल पारेको, जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न गरेको जस्ता अभियोग लगाइएको छ। उनको बिहीबार बयान लिने तयारी अदालत गरेको छ। बयान सकिएको खण्डमा थुनछेक बहस सुरु हुनेछ।
कमेडियन सिंहले युट्युब च्यानल कमेडी क्याफेमा राखेको भिडियोमा नेवार समुदायको कला, संस्कृति र लवजमाथि व्यंग्य गरिएको थियो। सोही विषयलाई लिएर नेवार समुदायका व्यक्तिहरूले उजुरी दिएपछि सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
