टक्सार विभागमा असर्फी किन्नेको घुइँचो, सिक्काको मुल्य कति ?
जानकारी केन्द्र
२०७९, कार्तिक, ३
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहारलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले सुन र चाँदीको सिक्का बिक्रि सुरु गरेको छ । काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट बैंकले धनतेरसलाई लक्षित गरेर आजदेखि सिक्का बिक्रि सुरु गरेको हो ।
१० ग्राम असर्फीको ८२ हजार ९०२ रुपैयाँ, ५ ग्राम असर्फीको ४१ हजार ४५१ रुपैयाँ र साढे २ ग्राम असर्फीको २० हजार ७२६ रुपैयाँ बिक्रि मुल्य तोकिएको छ ।
विभागले लक्ष्मी, गणेश र गजलक्ष्मी मेडालियनको मुल्य १६ सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, ३० ग्राम ९ सय टचको सार्क सिक्का २ लाख २४ हजार ६० रुपैयाँ र १५ ग्राम ९ सय टचको सार्क सिक्का बिक्रि मुल्य १ लाख १२ हजार ३० रुपैयाँ तोकिएको छ ।
टक्सार विभागमा असर्फी किन्नेको घुइँचो लागेको छ । तिहार लक्षित गर्दै विभागले सुन र चाँदीको असर्फी छपाइ गरी विक्रि गर्दै आएको छ ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
