मदिरा आयात प्रतिबन्ध खुलाउन पर्यटनमन्त्रीको प्रस्ताव
काठमाडौँ । संस्कृति, नागरिक तथा उड्डयनमन्त्री जीवन राम श्रेष्ठले विदेशी मदिरा आयात प्रतिबन्ध खुलाउन मन्त्री परिषदमा प्रस्ताव लगेका छन्। लामो समयदेखि विदेशी मदिरा आयातको रोक लगाएसँगै मुलुकको पर्यटन क्षेत्रमा नकारात्मक असर पुर्याएको भन्दै मन्त्री श्रेष्ठले बिहीबार मन्त्रीपरिषदमा यस्तो प्रस्ताव लगेका हुन्।
विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि वैशाखदेखि मदिरा आयातमा पूर्ण प्रतिबन्ध लाग्दै आएको छ। यसबीच अन्य केही वस्तुको आयात खुला गरिएपनि मदिरा, सवारीसाधन, महँगा मोबाइललगायतको प्रतिबन्ध कायमै छ। यस्तो प्रतिबन्ध आगामी मंसिरसम्म रहनेछ। ‘पर्यटनसँग मदिरा जोडिएकाले मदिरा आयात प्रतिबन्ध खुलाउन प्रस्ताव लगेको हुँ’ मन्त्री श्रेष्ठले भने, ‘प्रस्तावपछि प्रधानमन्त्री सकारात्मक हुनुभएको छ, तिहारपछि यो विषय छलफल गरेर निर्णय हुनेछ।’
यसअघि सरकारले गत वैशाखबाट मदिरा आयातमा रोक लगाएको थियो। मदिरा आयातमा प्रतिबन्ध लगाएसँगै यसको असर कोरोना माहामारीसँगै चलयमान बन्दै गएको होटल उद्योगमा परेको व्यवसायीहरू बताउँछन्।’ पर्यटन उद्योग यस्तो क्षेत्र हो जहाँ १० डलरको मदिरा आयात गरेर ३० डलरसम्म मुल्य अभिवृद्धि हुन सक्छ। अर्थतन्त्रलाई माथि उकास्ने बलियो आधार पर्यटन हो। तर यो आयात रोक्दा समग्र होटल क्षेत्रलाई असर पुर्याएको छु होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाह भन्छन्।
तर, पर्यटनमन्त्री श्रेष्ठले ढिलै भएपनि पर्यटन व्यवसायीहरूको समस्यालाई बुझेर मन्त्रीपरिषदमा यो प्रस्ताव लगेकाले व्यवसायीहरू आशावादी रहेको उनले बताए। भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा एक अर्ब ४९ करोड ७१ लाख रूपैयाँको तयारी मदिरा आएको थियो। सबै प्रकारका १२ लाख ५० हजार लिटर बराबरका तयारी मदिरा आयात भएको हो।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
