काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
आज बिहान देशका पहाडी भू- भागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ । त्यस्तै, बाँकी भू- भागमा मौसम सामान्यता सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो भने देशका पहाडी भू- भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू- भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार राति भने देशका पहाडी भू- भागमा आंशिक बदली हुनेछ । साथै बाँकी भू- भागमा मौसम सामान्यतया सफा हुने भएको महाशाखाले जनाएको छ ।





