यो मुद्दा सबै नेपालीको अभिव्यक्ति स्वतन्त्रताका लागि हो, जितेरै छाड्छुस् अपूर्व क्षितिज
काठमाडौँ । अदालतको आदेशपछि रिहा भएका कमेडियन अपूर्व क्षितिज सिंहले मुद्दा जितेरै छाड्ने बताएका छन् । उनले यो आफ्नो मात्र मुद्दा नभएर सबै नेपालीको अभिव्यक्ति स्वतन्त्रताको लागि भएको समेत जनाएका छन् ।
उनी फेसबुकमा लेख्छन्, ‘यो देशको व्यवस्था कस्तो छ भन्ने कुराबारे म नेपाली नागरिकहरुलाई भन्न चाहन्छु । यो मुद्दा कति गम्भीर छ भन्ने कुरा थाहा पाउन जरुरी छ । नेपालमा यस्तो खाले मुद्दा पहिलो हो र यसमा के हुन्छ कसैलाई थाहा छैन । यो मुद्दा हारियो भने जसले जसलाई पनि मुद्दा हाल्न मिल्छ । कसैले केही बोल्न पाउँदैन । मान्छे किन देश छाडेर विदेश जान्छन् भन्ने कुरा मैले बल्ल बुझ्दैछु । तर म जान्नँ । यो मुद्दा म जितेरै छाड्छु । सीए पढेको मान्छे हुँ म । हार मान्न सिकेको छैन । यो मेरो मात्रै मुद्दा होइन, हामी सबै नेपालीको अभिव्यक्ति स्वतन्त्रताको लागि हो ।’
जिल्ला अदालत काठमाडौंले कमेडियन सिंहलाई साढे २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न बिहीबार आदेश दिएको थियो । उनलाई रिहा गर्न चौतर्फी आवाज उठिरहेको थियो । नेवारी संस्कृतिमाथि अपूर्वले गरेको स्ट्यान्डअप कमेडीविरुद्ध उजुरीको कारण अपूर्व दशैंअघि नै १२ दिन हिरासतमा बसेका थिए । उनलाई पुनः प्रक्राउ गर्दै प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत काठमाडौंमा फेरि मुद्दा अघि बढाएको थियो ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


