अन्तर्राष्ट्रिय उडानका लागि महेन्द्रनगर प्रवेश बिन्दु सहज
काठमाडौं । करिब पाँच महिनाअघिदेखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान सहजताका लागि सरकारले महेन्द्रनगर प्रवेश बिन्दु बनाएर उडान गर्न पहल थालेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर तीनवटै बिन्दुका लागि भारतसँग पहल गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले जनाएको छ ।
करिब एक वर्षअघि महेन्द्रनगरको प्रवेश बिन्दुका लागि भारतसँग आग्रह गरिएको भए पनि अझै भारतले सहमति दिएको छैन । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँगै सञ्चालनमा आउन लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौँमा सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्रिने अन्तर्राष्ट्रिय उडानका लागि महेन्द्रनगर प्रवेश बिन्दु लिमा ६२६ नै उपयुक्त हुने हवाईविज्ञले बताएका छन् ।
अहिले नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले सिमरा गल्फ ५९८ प्रवेश बिन्दु प्रयोग गरिरहेका छन् । यो प्रवेश बिन्दुबाट काठमाडौँ र प्रस्तावित निजगढ विमानस्थललाई पनि उपयुक्त हुनेछ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई भने सिमरा प्रवेश बिन्दु त्यति उपयुक्त मानिँदैन ।
महेन्द्रनगर प्रवेश बिन्दु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध, पोखरा र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि सहज हुने विमानस्थलमा महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए।
हवाई प्रवेश बिन्दुमध्ये महेन्द्रनगर नै उपयुक्त हुने उड्डयनविज्ञ एवं पूर्ववरिष्ठ पाइलट किरणविक्रम क्षेत्रीले बताए ।
महेन्द्रनगर प्रवेश बिन्दु भएमा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन सहयोग हुने विश्वास लिइएको छ । सिमरा प्रवेश बिन्दुको तुलनामा महेन्द्रनगरबाट जहाज आउँदा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २० मिनेटको अन्तर हुन्छ । दिल्लीबाट महेन्द्रनगर प्रवेश बिन्दु हुँदै भैरहवा आउन छोटो दूरी पर्छ । हाल भारतले भैरहवाको प्रवेश बिन्दुबाट अन्तर्राष्ट्रिय उडान गर्न वायुसेवा कम्पनीलाई बाहिर जान मात्रै दिएको छ ।
भैरहवा प्रवेश बिन्दुबाट प्रवेश गर्दा भारतले २० हजार फिटमा आउन दियो भने सहज हुन्छ तर २५ हजार फिटभन्दा माथिको उचाइबाट मात्रै आउन दियो भने सहज हुँदैन । तर, बागडोरा, जोगबनी, रक्सौल, गोरखपुरमा रहेको हवाई चापको कारण देखाउँदै भारतले भैरहवा प्रवेश बिन्दु नदिएको हो । श्रेष्ठका अनुसार नेपालले यसअघि पनि यी चार प्रवेश बिन्दुसँगै जनकपुर र विराटनगर प्रवेश बिन्दु पनि प्रयोगमा माग गरेको थियो ।
अहिले २० वटाभन्दा बढी विदेशी कम्पनीका जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्दै आएका छन् । भारत, चीन, बङ्गलादेश, कुवेत, साउदी, दुबई, अरेबिया, जापान, थाइल्यान्ड, सिङ्गापुर, ओमन, मस्कट, कतार, मलेसिया, टर्कीलगायतका मुलुकमा दुईतर्फी सिधा उडान हुँदै आएको छ । सरकारले अस्ट्रेलिया, अमेरिका र इन्डोनेसियामा पनि सिधा उडान गर्ने योजना अगाडि बढाएको छ ।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पोमा अल्ट्राभायोलेट एक्स४७ क्रसओभर मोटरसाइकल सार्वजनिक, कतिपर्छ मुल्य ?
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
कस्तो रहला आजको मौसम ?
प्रोटोन इ.मास ५ : नाइमा नेपाल मोबिलिटि एक्सपोको विशेष आकर्षणको हब
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक



