लुकेर फोहोर फाल्नेबाट महानगरले उठायो चार लाख जरिवाना
काठमाडौँ । काठमाडौं महानगरपालिकाले अनधिकृत फोहोर फाल्नेहरूलाई जरिवाना गरी ४ लाख ५ सय रुपैयाँ संकलन गरेको छ।रातको समयमा सडक तथा नदी किनारालगायतका सार्वजनिक स्थलमा फोहोर फाल्न आउनेलाई महानगरले जरिवाना गरेको हो।
महानगरको वातावरण तथा कृषि विभागले गरेको अनुगमनका क्रममा जरिवाना गरी साउनमा १ लाख ५२ हजार ५ सय, भदौमा ९९ हजार ५ सय र असोजमा १ लाख ४८ हजार ५ सय संकलन गरेको नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टले जानकारी दिए।
फोहोरको मात्रा र प्रकृतिअनुसार १ हजारदेखि २५ हजारसम्म जरिवाना गर्ने गरिएको महानगरले जनाएको छ। जरिवाना तोकेपछि कतिपय व्यक्तिले गल्ती महसुस गरेर जरिवाना तिर्ने र कतिपयले भने जरिवाना तिर्नु नपर्ने अडान लिने गरेको कर्मचारीहरू बताउँछन्।
‘जानेर पनि नजानेजस्तो गरेर फोहोर फाल्न आउने पनि भेटिन्छन्। कतिपयले आफ्नो फोहोर फाल्न अरुलाई प्रयोग गरेका छन्। कतिपय विद्यार्थीहरूले फोहोर व्यवस्थापनको आफूसँग विकल्प नभएपछि बाहिर आउनुपरेको बताउने गरेका छन्,’ भट्ट भन्छन्।
‘पक्राउ परेपछि कतिपयले गल्ती महसुस गर्ने गरेको, कतिले आफूले गरेको काम सहि भएको दाबी गरेको अवस्था सुनाउनुभयो,’ कारबाहीमा परेका व्यक्ति तथा संस्थाका विषयमा जानकारी दिँदै उनले भने, ‘यसरी फोहोर फाल्ने कतिले हातमा बोकेर थोरै मात्रा लिएर आउने गरेको त कतिले सवारी साधनको प्रयोग गरेरै आउने गरेका छन्।’
अनुगमनका लागि नगर प्रहरी र कर्मचारीको टोली हरेक दिन बेलुकाबाटै खटिने गरेको छ। एक दिनमा ५ जनाको टोली खटिन्छ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
