आईपीओ भर्न लगानीकर्ताको संख्या घट्यो
काठमाडौँ । पछिल्लो केही समय देखि सेयर बजार घटेसँगै आईपीओ भर्नेको संख्या पनि घटेको छ ।अघिसम्म कुनैपनि कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्ने साधारण सेयर आईपीओमा लगानी गर्ने लगानीकर्ताहरूको ओइरो लाग्ने गर्दथ्यो तर अहिले घट्दो क्रममा छ । यसअघि आईपीओमा आवेदन दिने लगानीकर्ताहरूको संख्या २५ लाखमाथि पुगेकोमा अहिले घटेर १२(१३ लाखमा झरेको छ । इष्टर्न हाइड्रोले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने हिजो ९कार्तिक २ गते, बुधबार० अन्तिम दिन थियो । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १३ लाख ९४ हजार ३ सय २६ जना लगानीकर्ताहरूले आवेदन दिएका छन् ।
आईपीओप्रति सर्वसाधारणको रूची घट्नुको मुख्य कारण अहिलेको घट्दो सेयर बजार । गत वर्ष करिव ३२०० को विन्दुमा पुगी नयाँ ईतिहास बनाएको नेपाली सेयर बजार घटेर यतिबेला १८०० को विन्दुमा झरिसकेको छ । यता दैनिक कारोबार रकम पनि २० अर्ब नाघ्ने गरेकोमा अहिले एक अर्ब पुग्न पनि हम्मेहम्मे छ । बजार निरन्तर घट्दा नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचिकृत कम्पनीहरूको सेयरमूल्य निकै तल झरिसकेको छ । बजार बुलिस हुँदा लगानीकर्ताहरू आईपीओ खुल्ने दिन कुरेर बस्थे । तर अहिलेको बियरीस बजारमा लगानीकर्ताहरूलाई आईपीओप्रति खासै चासो लाग्दैन ।
‘पहिला पो बजार बुलिस थियो । आईपीओबाट राम्रो आम्दानी हुन्थ्यो त्यसैले आईपीओको लोभ लाग्थ्यो । तर अहिले त आईपीओबाट कमाइने नाफा भन्दा दोश्रो बजारमा नै राम्रा९राम्रा कम्पनीको मूल्य त्यहाँ भन्दा सस्तिएको छ । आईपीओ भर्यो पर्ने नपर्ने थाहा हुँदैन । त्यसैले मैले त आजकाल आईपीओ भर्न छाडेँ बरू त्यो पैसाले दोश्रो बजारमै राम्रा कम्पनीको सेयर किन्छु । पहिला बुलिस बजारमा त घरभरीका सबैजनाको डिम्याट खाता खोलिदिएर आईपीओ भरेको थिएँ ।’एक लगानीकर्ताले भने ।
पहिला बजार बुलिस चरणमा रहँदा चिया पसलदेखि तरकारी बजारसम्म अनि स्कुल कलेजदेखि रेष्टुरेन्टसम्म जताततै आईपीओकै चर्चा हुन्थ्यो । आईपीओ भर्ने एउटा ट्रेन्ड नै बनिसकेको थियो । एउटै व्यक्तिले घर परिवार नातागोता साथीसङ्गी लगायत धेरै व्यक्तिहरूको नागरिकता संकलन गरी आईपीओ भर्ने गर्दथे । तर अहिले आफ्नै डिम्याटबाट समेत आईपीओ भर्न छाडिसकेका छन् ।
५ वटा कम्पनीको आईपीओ भर्ने लगानीकर्ताको संख्या नियाल्दा स्
१. पिपुल्स पावर कम्पनी लिमिटेड स् कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १६ लाख ६ हजार १ सय १० जना लगानीकर्ताहरूले आवेदन दिएका थिए ।
२. श्रीजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड स् संस्थाको आईपीओमा अन्तिम दिनसम्म १८ लाख ३८ हजार ७ सय ५१ जना लगानीकर्ताहरूले आवेदन दिएका थिए ।
३. खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड स् संस्थाको आईपीओमा अन्तिम दिनसम्म १८ लाख ५० हजार १ सय ३२ जना लगानीकर्ताहरूले आवेदन दिएका थिए ।
४. सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडस् कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १५ लाख ३८ हजार ३ सय ८३ जना लगानीकर्ताहरूले आवेदन दिएका थिए ।
५. इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेड स् कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १३ लाख ९४ हजार ३ सय २६ जना लगानीकर्ताहरूले आवेदन दिएका छन् ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
