मेस्सी, नेयमार र एम्बाप्पेको गोलसँगै पीएसजीको जित
जानकारी केन्द्र
२०७९, कार्तिक, १३
काठमाडौँ । स्टार खेलाडीहरु लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पेले गोल गर्दा पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले फ्रेन्च लिग वान फुटबलमा ट्रोयसमाथि ४–३ को जित निकालेको छ ।
शनिबार राति घरेलु मैदानमा पिएसजीले जित निकाल्न निकै संघर्ष गर्नु परेको थियो । तीन स्टार खेलाडी चम्किए पछि पिएसजीले तीन अंक प्राप्त गरेको हो । पिएसजीको गोलमा कार्लोस सोलर, मेस्सी, नेयमार र एम्बाप्पेले गोल गरे । मेस्सीले सर्जियो रोमोसको पासमा गोल गरेका थिए भने एक पास उपलब्ध गराएका थिए । एम्बाप्पेले पेनाल्टीमा गोल गरेका थिए ।
ट्रोयसको लागि मामा बाल्डेले दुई तथा एन्टी पलाभर्साले गोल गरेपनि हार टार्न सकेनन् । अपराजित पीएसजीले १३ खेलबाट ३५ अंक सहित शीर्ष स्थानमा यथावत छ । दोस्रो स्थानको लेन्सको ३० अंक छ । ट्रोयसक १३ अंक सहित ११ औं स्थानमा छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

