प्राविधिक निरीक्षणका लागि माथिल्लो तामाकोशीको विद्युत उत्पादन बिहीबारसम्म नहुने
काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको विद्युत उत्पादन बिहीबारसम्म नहुने भएको छ। प्राविधिक निरीक्षणका लागि ८ गतेदेखि १७ गतेसम्मका लागि विद्युत उत्पादन बन्द गरिएको आयोजनाका प्रवन्धक पूर्णगोपाल रञ्जितले जानकारी दिए। ‘हामी सुरूङ निरीक्षण गरिरहेका छौं। १८ गतेदेखि निरन्तर उत्पादन सुरू गर्ने योजना छ,’ उनले भने।
विद्युत उत्पादन सुरू भएको एक वर्षपछि आयोजनाले पहिलो पटक विदेशी र स्वदेशी विज्ञहरूको संलग्नतामा निरीक्षण गर्न लागेको हो। जलाशयको पानी घटाउँदा बाँधको तल्लो तटीय क्षेत्रमा करिब ११-१२ घण्टा नदिको बहाव बढ्ने हुँदा सर्तकता अपनाउन पनि आयोजनाले आग्रह गरेको छ। गोंगर, लामाबगर, जगत, भोर्ले, सिंगटी, नयाँपुल, टुनिटार, किर्ने, खिम्तिसहित सुनकोशी नदिको दोभानसम्म नुहाउने, पौडी खेल्ने, माछा मार्ने, नदि तर्ने, बस्तुभाउ लैजाने, बालुवा गिट्टी निकाल्नेलगायत काम नगर्न पनि आयोजनाले आग्रह गरेको छ। अत्यावश्यक काम गर्दा सजग रहनसमेत उल्लेख गरेको छ।
२०७८ साउनदेखि नियमित विद्युत उत्पादन सुरू गरेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट चार सय ५६ मेगावाट विद्युत उत्पादन हुँदै आएको छ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
