एक साता पछि आज सेयर बजार खुल्दै
काठमाडौँ । एक साता लामो बिदापछि आजदेखि सेयर बजार खुल्दैछ। गत आइतबार कारोबार भएर बन्द भएको बजार तिहार तथा छठ पर्वको बिदा सकिएसँगै आजदेखि खुल्न लागेको हो। गत आइतबार बजार १४।३५ अंकले बढेर बन्द भएको थियो । बजार लाभांश मुडमा भएकाले बैंकहरुको सेयरमा खरिदकर्ताको आकर्षण छ। गत आइतबार एभरेष्ट बैंक, नबिल बैंक, एनएमबी बैंक, गरिमा विकास बैंकको सर्वाधिक कारोबार भएको थियो ।
धितोपत्र बजारमा चुक्ता पुँजीको हिसाबले ठूला मानिएका केही वाणिज्य बैंकको सेयर मूल्य यतिबेला प्रति कित्ता ३०० रुपैयाँभन्दा पनि कम छ ।
गत आइतबारको कारोबारका आधारमा सिटिजन्स बैंकको अन्तिम कारोबार मूल्य १८९, लक्ष्मी बैंकको १९८, माछापुच्छ्रे बैंकको २२२, एनएमबि बैंकको २३७ र प्राइम बैंकको सेयर मूल्य २२५ रुपैयाँ छ। यस्तै सानिमा बैंकको सेयर मूल्य प्रति कित्ता २६३ रुपैयाँ छ भने नेपाल एसबीआइ बैंकको २६७, सनराइज बैंकको २०४ र प्रभु बैंकको अन्तिम कारोबार मूल्य प्रति कित्ता २०४ रुपैयाँ छ ।
यस्तै विकास बैंकमा ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रति कित्ता २३१, ज्योति विकास बैंकको २७०, कर्णाली डेभलपमेन्ट बैंकको २१४, सांग्रिला डेभलपमेन्ट बैंकको २८३, सप्तकोसी डेभलपमेन्ट बैंकको २१०, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको २८० र सिन्धु विकास बैंकको अन्तिम कारोबार मूल्य २५७ रुपैयाँ छ ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


