लागूऔषधसहित दुईजना पक्राउ
भक्तपुर । अवैध लागूऔषध सहित दुईजना पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ट्याब्लेट सहित सिरहा लहान नगरपालिका–४ घर भई हाल ललितपुर पाटन बस्ने २३ वर्षीय रमेश कुमार आनन्दलाई आइतबार साँझ प्रहरीले पक्रउ गरेको हो । प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी, नवलपरासी, विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेबाट नियन्त्रित लागूऔषध नुर्फिन २३ एम्पुल, फेनारगन २३ एम्पुल र डाईजेपाम २३ एम्पुल सहित चितवन भरतपुर महानगरपालिका–४ बस्ने २८ वर्षीय बम बहादुर क्षेत्रीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दाउन्नेबाट खटिएको प्रहरीले ना।६१ प १३४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटर चालक क्षेत्रीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
