Jankari Kendra
११ भाद्र २०८३, बिहीबार
Worldlink

तिहार पछिको पहिलो कारोबार दिन आज नेप्से उकालो यात्रामा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, १४
तिहार पछिको पहिलो कारोबार दिन आज नेप्से उकालो यात्रामा

काठमाडौँ । तिहार बिदापछिको पहिलो कारोबार दिन आज सोमबार  नेप्सेले उकालो यात्रा तय गरेको छ । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक १६.३९ अंकले बढेर १८७४.८७ विन्दुमा पुगेको छ । नेप्से ०.८८ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ४.९३ अंकले बढेर ३७०.८६ विन्दुमा पुगेको छ ।

कूल २२४ वटा कम्पनीको २५ लाख ७४ हजार ९ सय ७५ कित्ता सेयर खरिदबिक्री हुँदा ६९ करोड ७३ लाख १७ हजार ६ सय ११ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार भएको १३ उपसमूहमध्ये विकास बैंकबाहेक बाँकी सबै उपसमूह उकालो लागेका छन् ।

आज एनआईसी एशिया बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ६ करोड १७ लाख २१ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । यस्तै, सोमबार सयपत्री हाइड्रोको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय १३ रूपैयाँ ५० पैसा पुगेको छ ।

त्यसैगरी, यस दिन अपर हेवाखोलाको मूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ८.१६ प्रतिशतले घटेर ३ सय ३९ रूपैयाँ ८० पैसामा झरेको छ ।

Top Changing Nepal

युट्युब सट्स