• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, पुष १५, २०८२
मङ्गलबार, पुष १५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

२०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • १०. २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

चोटका कारण पोग्बाले विश्वकप गुमाउने

एजेन्सी । डिफन्डिङ च्याम्पियन फ्रान्सका स्टार पाउल पोग्बाले यो विश्वकप फुटबल गुमाउने भएका छन्। चोटका कारण उनले आगामी महिना कतारमा हुने विश्वकप फुटबल गुमाउन लागेका हुन्। विश्वकप अघि पोग्बा निको हुने अपेक्षा गरिएको थियो। तर घुँडाको शल्यक्रियाबाट निको हुन अझै समय चाहिने भएकाले उनी कतार नजाने भएका हुन्।

पोग्बाका एजेन्ट राफायल पिमेन्टाले पोग्बा फ्रान्सेली टिम बाहिर रहने स्पष्ट पारेका छन्। ‘टोरिनो र पिट्सबर्गमा हिजो र आजको चिकित्सा समीक्षा पछि, पोग्बालाई उनको शल्यक्रियाबाट निको हुन अझै समय लाग्ने जानकारी दिन अत्यन्त पीडादायी छ’, पोग्बाका एजेन्ट राफाएला पिमेन्टाले सोमबार एक विज्ञप्ति निकाल्दै भनेका छन्।

उनले अगाडि भनेका छन्, ‘यसै कारण, पोग्बा विश्वकपको विश्राम अघि न त युभेन्टसको टोलीमा सामेल हुन सक्नेछन् न त फ्रान्सको राष्ट्रिय टोलीमै।’ पोग्बा आफूलाई चाँडो मैदान फर्काउन चाहन्छन्। तर उनलाई धैर्यता राख्न आवश्यक रहेको उनले बताए। पोग्बाले अन्तिम टिममा स्थान बनाउने विश्वास गरिएको थियो। तर पछिल्लो चोटले उनी छनोट दौडबाट लगभग बाहिरिएका छन्।

फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले नेभेम्बरमा अष्ट्रेलियाविरूद्ध हुने पहिलो खेल अघिमात्र खेलाडीको छनोट टुङ्गो लाग्ने बताएका छन्। २९ वर्षिया मिडफिल्डरलाई घुडामा नयाँ चोट लागेको छ। उनी मैदान फर्कन प्रयास गर्दै आएका थिए। सोही कारण इटालियन क्लब युभेन्ट्स आए पनि उनी सुरूआती टिममा रहेर खेल्न पाएका छैनन्। पोग्बाले फ्रान्सको लागि अन्तिम खेल गत मार्चमा दक्षिण अफ्रिकाविरूद्ध खेलेका थिए। उक्त मैत्रीपूर्ण खेलमा फ्रान्स ५(० ले विजयी भएको थियो।

सेप्टेम्बरमा दाहिने घुडाको सल्यक्रियापछि पोग्बालाई लगभग दुई महिना टिम बाहिर राखिएको थियो। उनी नोभेम्बर २० सम्म विश्वकपका लागि तयार हुने अपेक्षा गरिएको थियो। तर नयाँ चोटले त्यो सम्भाावनालाई समाप्त पारिदिएको छ । प्रशिक्षक डेसच्याम्पले म्यानचेस्टर युनाईटेडबाट युभेन्ट्स आएका पोग्बा पूर्ण रुपमा फिट र फर्ममा भएको अवस्थामा मात्र विश्वकपमा छनोट गर्ने बताएका थिए।

पोग्बाले विश्वकप गुमाउने भएपछि फ्रान्सलाई अर्को ठूलो झट्का लागेको छ। फ्रान्सका एनगोलो कान्टे यसअघिनै विश्वकप बाहिर रहने पक्का भइसकेको छ। फ्रान्सले पछिल्लो विश्वकपको उपाधि उचाल्दा पोग्बा र कान्टे टिमका महत्वपूर्ण हिस्सा थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा
    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा
    • २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    • जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    • चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.