हत्यामा सम्लग्न आठैजना पक्राउ
काठमाडौँ । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न आएका एक एक किशोरको हत्यामा सम्लग्न आठ अभियुक्त पक्राउ परेका छन् । । पुरानो रिसइबीका कारण झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने १४ वर्षीय दियुस श्रेष्ठलाई छुरा प्रहार गरेर हत्या गर्ने आठै जनालाई उर्लाबारी इलाका प्रहरी कार्यालय र मोरङ जिल्ला प्रहरी कार्यायलको पक्राउ टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिका–६ चन्द्रमा चौक बस्ने सरोज बस्नेत, सोही वडाको वानडाँडा सन्देश खवास, विकास तामाङ, पानी ट्याङकी बस्ने मन्जिल माझी, तरुण चौकका सपन खत्री, प्रतीक बराइली, सरोज परियार र सनिस याक्खा रहेकोे उर्लाबारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलनजङ्ग थापाले बताए ।
उनकाअनुसार हात्यामा सम्लग्न सनिस भागेर धनकुटा पुगेको अवस्थामा उनलाई धनकुटा प्रहरीको सहयोगमा पक्राउ गरिएको थियो ।
आइतबार राति अन्दाजी १०ः३० बजेको समयमा छठ पर्वको रात्रिकालीन रमझम हेर्न गएका श्रेष्ठ र हत्यामा संलग्न किशोरहरुको समूहबीच जम्काभेट हुँदा उनीमाथि पुरानो रिसइबी साँध्न उनीहरुले छुरा प्रहार गरी सख्त घाइते बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
घाइते श्रेष्ठलाई उनका साथी र स्थानीयवासीको सहयोगमा उपचारका लागि उर्लाबारीस्थित गोदावरी अस्पतालमा भर्ना गरिएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि झापाको बिएन्डसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा श्रेष्ठको सोमबार बिहान मृत्यु भएको मोरङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए ।
सम्बन्धित समाचार
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
