प्रधानमन्त्री कप क्रिकेट : प्रदेश एकले वाग्मतीलाई विशाल लक्ष्य दियो
काठमाडौँ । एक दिवसीय प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश एकले वाग्मती प्रदेशलाई जितको लागि ३०५ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश एकले ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ३०४ रनको योगफल बनायो ।
प्रदेश एकका सुरुआती ब्याट्सम्यान अङ्कित सुवेदीले सर्वाधिक ११० रनको योगदान गरे । एकसय३४ बल खेलेका अङ्कितले १२ चौका र एक छक्का प्रहार गरे । त्यस्तै कप्तान सिद्धान्त लोहनीले ७२ रन जोडे । उनले ४० बलमा तीन चौका र आठ छक्कासहित ७२ रन जोडे ।
विवेक आनन्द मेहताले ३० रन जोड्दा नीरज मुखिया र फिरदोस अन्सारीले समान १०र१० रन जोडे । बलिङतर्फ वाग्मती प्रदेशका रामनरेश गिरीले पाँच विकेट लिए भने नन्दन यादव, सूर्य तामाङ, प्रतिश जिसी र ईशान पाण्डेले समान एक एक विकेट झारे । वाग्मती प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
सम्बन्धित समाचार
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
