४० लाख रुपैयाँ जरिवाना ठहर भएका दाहाल पक्राउ
काठमाडौं । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट ४० लाख रुपैयाँ जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट ४० रुपैयाँ लाख जरिवाना ठहर भएका कामरु कन्स्ट्रक्सन प्रालिका सञ्चालक नुवाकोट बेलकोटगढी नगरपालिका–६ का भएका ५१ वर्षीय राममणि दाहाललाई मङ्गलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।
प्रहरीले बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनको गत भदौ ६ गतेको फैसलाले १० दिन कैद र जरिवाना ठहर भई फरार रहेका दाहाललाई धादिङको गल्छीबाट पक्राउ गरेको हो।
कामरु कन्स्ट्रक्सन प्रालिका सञ्चालक दाहालले विसं २०७७ मङ्सिर १५ गते उक्त कम्पनीको नाममा कुमारी बैंक लिमिटेडको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो। पक्राउ दाहाललाई आज जिल्ला अदालत पाटनको आदेशानुसार कैद भुक्तानका लागि नख्खु कारागार पठाइएको ब्यूरोले जनाएको छ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
