Jankari Kendra
२७ आश्विन २०८३, मंगलवार

गोरखामा एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार अब्दुसको टीममाथि आक्रमण

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, २८
गोरखामा एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार अब्दुसको टीममाथि आक्रमण

काठमाडौँ । गोरखामा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका अब्दुस मियाँको टोलीमाथि आक्रमण भएको छ। आइतबार राति पाँच जनाको समूहले खाना खाने क्रममा पालुङटार नगरपालिका९७ स्थित म्याङ्गो रिसोर्टमै बियरको बोतलले आक्रमण भएको हो । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा गोरखा( २ मा एमालेबाट उम्मेदवार अब्दुस मियाँको प्रचारप्रसार टोलीमाथि आक्रमण हुँदा एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्लेको टाउकोमा गहिरो चोट लागेको छ। उनलाई स्थानीय स्वास्थ्य संस्थामा ७ वटा टाँका लगाएर थप उपचारका लागि काठमाडौँ लगिएको छ।

स्रोतका अनुसार आक्रमणबाट होटलको टेबुल, कुर्सी तोडफोड भएको छ। खाइरहेको खाना छरिएको छ। घटनाको बेला अब्दुस भने चुनावी प्रचारमा थिए। आक्रमणमा संलग्न ५ जनामध्ये प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ भने अन्य तीन जना अझै फरार छन्।

गोरखा प्रहरी प्रवक्ता लीलाराज लामिछानेले राम सापकोटा र अजित पन्तलाई नियन्त्रणमा लिइएको र अन्य तीन फरार रहेको बताए। उनका अनुसार फरारहरूको खोजी भइरहेको छ।

Top Changing Nepal

युट्युब सट्स