ट्वीटरका कर्मचारीलाई एलन मस्कले भने- जागिर छाड्ने भए आज ५ बजेसम्म खबर गर्नू
जानकारी केन्द्र
२०७९, मंसिर, १
एजेन्सी । ट्वीटरका मालिक एल मस्कले ट्वीटरमा काम गर्ने वा छोड्ने निर्णय लिन सबै कर्मचारीलाई बिहीबार अपरान्ह ५ बजेसम्मको समय दिएका छन्। त्यस अवधिभित्र मस्कको योजनाअनुसार काम गर्न तयार रहे नरहेकोबारे कर्मचारीहरूले निर्णय लिनुपर्ने न्युयोर्क टाइम्सले जनाएको छ।
बुधबार इमेलमार्फत मस्कले निर्णय लिन सूचित गरेका हुन्। ‘ट्वीटर अहिले निकै कठिन र चुनौतीपूर्ण मुडमा छ। ट्वीटरलाई उन्नत बनाउन सहयोग नगर्ने मनस्थिति बनेको भए खबर गर्नु। तीन महिनाको सेवा सुविधा दिएर बिदा गरिनेछ,’ मस्कले पठाएको इमेल उद्दृत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ।
४४ अर्ब डलर खर्चेर ट्वीटर किनेसँगै मस्कले नयाँ(नयाँ प्रस्ताव अघि सार्दै आएका छन्। ट्वीटर खरिदसँगै उनले ७ हजार ५ सय कर्मचारी कटौती गर्ने बताएका थिए। उनले ३ हजार ७ सय कर्मचारीलाई बिदा गरिसकेका छन्।
सम्बन्धित समाचार
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
