चीनले ताइवानमा आक्रमण गरे पुटिनको जस्तै गल्ती हुनेछ : अमेरिकी जनरल
काठमाडौँ । अमेरिकी सेनाका शीर्ष जनरल मार्क मिलेले चीनले ताइवानमाथि आक्रमण गरे रणनीतिक गल्ती हुने बताएका छन् । मार्क मिलेले हाल अमेरिकी सेनाको सर्वोच्च पद, संयुक्त चिफ अफ स्टाफको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । चीनले ताइवानप्रति आक्रामकता देखाएको खण्डमा पुटिनको जस्तै गल्ती हुने मिलेको भनाइ छ ।
रुसी राष्ट्रपति पुटिनले यस वर्षको सुरुमा आफ्नो छिमेकी देश युक्रेनमा सैन्य आक्रमण सुरु गरेका थिए, जसलाई उनले विशेष सैन्य कारबाही भनेका थिए। यो युद्ध अहिलेसम्म चलिरहेको छ र निकट भविष्यमा पनि यो द्वन्द्वको समाधान देखिँदैन । यस युद्धका कारण रुसले ठूलो आर्थिक र भूराजनीतिक चुनौती सामना गरिरहेको छ ।
मिलेले भने, ‘ताइवानमाथि आक्रमण र घेराबन्दी गर्नु निकै कठिन काम हो। ताइवानको अधिकांश भूभाग पहाडी छ । यो सैन्य अपरेसनको दृष्टिकोणमा धेरै गाह्रो काम हो । उनले ताइवानको अवस्थामा युक्रेन युद्धबाट पाठ सिकेर आफूलाई रक्षा गर्न अझ राम्रोसँग तयार हुन सक्ने बताए ।
यो शताब्दीको मध्यसम्ममा चीन विश्वको सबैभन्दा ठूलो शक्ति बन्नेतर्फ अघि बढिरहेको मिलेको भनाइ छ। यद्यपि उनले अहिले अमेरिकालाई विश्वको सबैभन्दा ठूलो शक्ति भनेका छन् ।
मिलेले भने, ‘कसैले जति आलोचना गरे पनि अमेरिकी सेना अहिले विश्वकै सबैभन्दा खतरनाक सेना हो भन्नेमा कुनै शंका छैन। अमेरिकी सेना नम्बर एक छ र हामी नम्बर एक रहन चाहन्छौँ ।
सम्बन्धित समाचार
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

