Jankari Kendra
२७ आश्विन २०८३, मंगलवार

आज रातिदेखि उपत्यकामा मदिरा बिक्री वितरणमा रोक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, मंसिर, १
आज रातिदेखि उपत्यकामा मदिरा बिक्री वितरणमा रोक

काठमाडौं । उपत्यकाका तीन जिल्लामा आज मध्यरातिदेखि मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाउने निर्णय भएको छ।

आइतबार निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिरा बिक्रीमा रोक लगाउने निर्णय तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले गरेका छन्।

साथै, गणना सम्पन्न नभएसम्म्का लागि मतगणनास्थल आसपासमा मदिरा बिक्रीमा रोक लगाउने निर्णय भएको छ। कसैले यो निर्णयविपरीत मदिरा बिक्री गरेको पाइएका कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओबीचको संयुक्त बैठकले निर्वाचनको दिन बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म सवारीसाधन चलाउन रोक लगाउने निर्णय पनि गरेको छ।

Top Changing Nepal

युट्युब सट्स