काठमाडौं । लगातार बढिरहेको सुनको मूल्य बिहीबार भने घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपैयाँ घटेको हो । बुधबार सुन तोलामा दुई सय रुपैयाँ बढेको थियो। नेपाल सुन व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला ९८ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।


