मलको अवस्था बुझ्न साल्ट ट्रेडिङ पुगे रवि
चितवन । चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछाने मलको अवस्था बुझ्न नारायणगढस्थित साल्ट ट्रेडिङमा पुगेका छन् । जिल्ला मुख्य निर्वाचन अधिकृतबाट सांसदमा निर्वाचित प्रमाणपत्र बुझेललगै उनी शनिबार नै त्यहाँ पुगेका हुन् ।
देशभरका किसान समयमै मत, बीउ नपाउँदा हैरानीमा पर्दै आएका छन् । आन्दोलनमा समेत आउनुपर्ने अवस्था उनीहरुको छ । मकै र धानमा मल हाल्ने बेला मतको अभाव हुँदै आएको वर्षौं भइसकेको छ ।
उनले चितवन-भरतपुर महानगरपालिकाको सहिदचोक–धर्मचोक–कचपचे सडकखण्डअन्तर्गतको धर्मचोक क्षेत्रको पनि शनिबार अवलोकन गरेका छन् । उनले सडक निर्माणको ठेक्का पाएको कम्पनीका प्रतिनिधि र निर्माण व्यवसायी संघ चितवनका अध्यक्षसँग छलफल गरेर सडक निर्माण कार्य तत्काल गर्न सार्वजनिक प्रतिवद्धता गर्न लगाए ।
उनले स्थानीय जनताले आफूलाई भोट दिएर जिताएपछि जनताको समस्या समाधान गर्न आजैदेखि अघि सरेको बताए । जनताको पक्षमा शीर्घ काम गर्न र सरकारी सेवालाई प्रभावकारी तथा गतिशीलता प्रवाह गर्न आफू लागिपर्ने बताए ।
उनले आफूलाई ‘मलाई सामान्य भेटघाट, बधाई कार्यक्रम, शिलान्यास, उद्घाटनमा नबोलाउन पनि आग्रह गरे ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


