सिराहामा माओवादी कार्यकर्ताको प्रदर्शन, पूर्व-पश्चिम राजमार्ग अवरूद्ध
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताले पूर्व(पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजारमा सडक अवरूद्ध गरी प्रदर्शन गरिरहेको छन् ।
सिरहा क्षेत्र नम्बर ३ मा निर्वाचित भएपछि एमालेका लीलानाथ श्रेष्ठसहितको विजय र्यालीमा सहभागी कार्यकर्ताहरूले शुक्रबार साँझ निकटतम् प्रतिद्वन्द्वी माओवादीका विश्वनाथ साहका दाइ शिवनाथ साहको घरमा ढुंगामुढा गरेको विरोधमा गए रातीदेखि माओवादी कार्यकर्ताले सडक अवरूद्ध गरेका हुन् ।
राती करिब १० बजेपछि प्रहरीले बाटो खुलाएको थियो । एमाले कार्यकर्ताले ढुंगामुढा गर्दै झ्यालको सिसा फुटाउनुका साथै त्यसो नगर्न आग्रह गरेका स्थानीय ४३ वर्षीय श्रीचन साहलाई कुटपिट गरी टाउको फुटाएको माओवादी कार्यकर्ताको आरोप छ ।
टाउकोमा चार वटा टाँका लगाइएका साहको अहिले गोलबजारस्थित लाइफ लङ अस्पतालमा उपचार भइरहेको छ । नवनिर्वाचित सांसद श्रेष्ठले माफी माग्नुपर्ने र दोषीलाई पक्राउ गर्नुपर्ने प्रदर्शनकारीको माग छ ।
घटनाको विरोधमा माओवादी कार्यकर्ताहरूले बजार समेत बन्द गराएका छन् । तथापी सडक खुलाउन एमाले, माओवादी र स्थानीय प्रशासनबीच वार्ताको तयारी भइरहको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


