जनकपुरधामका दुई युवकको भारतमा अपहरणपछि हत्या, पाँचजना पक्राउ
धनुषा । जनकपुरधामका दुई युवकको अपहरण गरेर भारतमा हत्या गरिएको छ । उपमहानगरपालिका वडा नम्बर ८ र १३ का ति युवकको सीमावर्ती भारतीय गाउँमा हत्या भएको हो ।
२२ वर्षीय रोहित साह तथा २३ वर्षीय विष्णु साहको भारतमा हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । अनुसन्धानका लागि भारत पुगेका धनुषाका प्रहरी नायब उपरीक्षक दिपक रायले दुवै युवकको शव खाल्टो खनेर गाडेको अवस्थामा सीतामढी जिल्लाको बेला थाना अन्तर्गतको पर्सा गाउँमा आइतबार बिहान फेला परेका हुन् ।
दुवै शव पोस्टमार्टम गरेर आज बेलुका परिवारको जिम्मा लगाउने तयारी छ । रोहित र विष्णु छिमेकी र मिल्ने साथी थिए । पुस २७ गते दुवै जना रोहितको मामाघर भारतको परिहार जान घरबाट निस्केका थिए । तर बिच बाटोबाटै उनीहरु अपहरणमा परेका थिए । दुवैलाई भारततर्फ छिरेपछि अपहरण गरिएको परिवारले अनुमान गरेको छ । उनीहरुको शव हेर्दा केही दिन अघि नै हत्या गरिएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।
अपहरणकारीले परिवारका सदस्यलाई फोन गरेर सुरुमा ५० लाख फिरौती मागेका थिए । मोलतोल पछि २० लाख फिरौती लिएर दुवै जनालाई मुक्त गर्ने सहमति भएको परिवारले जनाएको छ । अपहरणकारीले विष्णुका बुबालाई कहिले कहाँ कहिले कहाँ बोलाउने तर आफूहरु नआउने गरेर दुखस् दिइरहेका थिए ।
पटक(पटक भनेको ठाउँमा रकम बोकेर जाँदा पनि अपहरणकारी नआएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि प्रहरी भारतमै पुगेर दुवैलाई मृत अवस्थामा फेला पारेको हो । विष्णुको परिवारमा बाजे रामकिशोर, बुबा रामबाबु, आमा, श्रीमती तथा ३ वर्षीया एक छोरी छन् भने रोहित अविवाहित हुन् ।
घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोग लिएको थियो । संयुक्त प्रहरी टोलीले उनीहरुलाई राखिएको हुन सक्ने सम्भावित स्थानमा छापा मारेका थिए । घटनाको अनुसन्धानका क्रममा नेपालका दुई तथा भारतका तीन गरी पाँचजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
फिरौतीका लागि गरेको टेलिफोन नम्बरका आधारमा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
